बिश्वास सम्बादाता
कलैया,साउन १७
बाराका तत्कालीन डिएसपी पुरुशोतम पान्डे र ईन्स्पेक्टर रुपेश साहलाई नेपाल प्रहरी प्रधान कार्यालयले गणमा थन्काएको छ । पान्डे र साहलाई क्रमशः नेपाल प्रहरि शसस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौं र प्रदेश प्रहरी गण जनकपुर धनुषामा अर्को आदेश नभए सम्मको लागि काज सरुवा गरेको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना द्वारा हस्ताक्षर गरिएको पत्रमा उनिहरुलाई सो ठाउमा अर्को सुचना नभए सम्मको लागी काज सरुवा गरिएको छ । दुबै प्रहरी अधिकृतलाई सहमती अनुसार गणमा थन्काईएको भन्दै काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले निर्णयको स्वागत गरेका छन । रौनियारले सत्यता र आम जनताको माग सम्बोधन गरेको भन्दै प्रहरी प्रधान कार्यालय र यश निर्णयमा सहयोग गराउने प्रती धन्यवाद व्यक्त गरेका छन । रौनियारले सरकारले भैयाराम यादवको औसधि उपचार मा लाग्ने खर्च यथाशीघ्र उपलब्ध गराउन समेत पहल गर्न संबंधित निकायलाई आग्रह गरेका छन । यता घाईते भैयाराम यादवले समेत काङ्ग्रेस केन्द्रीय कार्यालय र बाराका सर्वदलीय गठबन्धन सहित सम्बन्धि सबैमा धन्यवाद ब्यक्त गरेका छन ।
काङ्ग्रेस बाराका सचिव भैयाराम यादव र नेकपा एसका नेता ध्रुब यादवलाई जिल्ला प्रहरी कार्यलय बारा भित्रै निर्घात कुटपिट गरि घाईते बनाईएको बिषयमा
बाराको सदरमुकाम कलैयामा प्रहरी विरुद्ध हप्तौ सम्म नाराबाजी सहित प्रदर्सन गरिएको थियो ।
कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवलाई साउन २ गते मंगलबार जिल्ला प्रहरी कार्यालयभित्रै कुटपिट गरी घाइते बनाउने प्रहरी अधिकृतद्वयको निलम्बनको माग गर्दै सर्वदलीय गठबन्धनका नेता, कार्यकर्ताले प्रहरी कार्यालय अगाडि टायर बालेर नाराबाजी सहित प्रदर्शन गरेका थिए ।
तीन साताअघि महागढीमाई नगरपालिका-७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई पर्सा जिल्लाको पिकअप भ्यानले ठक्कर दिएर घाइते बनाएपछि उपचारको क्रममा अस्पताल भर्ना भएकोमा पीडकबाट उपचार खर्च दिलाउने विषयमा भैयाराम प्रहरी कार्यालय पुगेका थिए । छलफलकै क्रममा प्रहरीसित भनाभन परेपछि प्रहरीले भैयारामलाई निर्घात कुटेका हुन् ।
डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेय, इन्स्पेक्टर रुपेश साह स्वयं आफैं र उनीहरुको आदेशमा अरु प्रहरीले समेत आफूलाई कुटपिट गरी घाइते बनाएको पीडित ५० वर्षीय यादवले बताएका छन् । कुटाइले उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । उनी वीरगन्ज-१४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा उपचार पछि दिल्लिको मेदान्तामा उपचार गराईरहेका छन् ।