साजिर मन्सूर
कलैया,साउन २५
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका को मुख्य कलैया हाट बजारमा २ सय ८० थान फोहोर राख्ने डस्ट्बिन बितरण गरिएको कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जानकारी गराएका छन । कलैया बजारमा घर पसल तथा बजार बाट दैनिक रुपमा निस्कने फोहोर दिउसो र रातिमा सरसफाइ कर्मी परिचालन गरिएर सफा गराउने कार्य भैरहेको भएपनी अझ ब्यवस्थित गर्न सो मात्रामा डस्टबिन राखिएको नगर प्रमुख बिनोद साहले जनाए । साहले बजारको अव्यवस्थित टहरा र फोहोर मुक्त गराउने आफ्नो उदेश्यमा सातह दिने सबै नगरबासिलाई धन्यवाद दिएका छन । नगर प्रमुख साहले कुहिने र नकुहिने डस्टबिन बजारमा राखिनुले अब बाट यसरी कुहिने र नकुहिने सबै लाई छुट्याई आगामी दिनमा फोहोरलाई मोहर मा परिणत गर्ने दिशामा नगर अगाडी बढ्ने बताएका छन ।
संघीय बाताबरण बिभागको १८० वटा डस्टबिन
बारा निर्वाचन छेत्र नम्बर ३ ख को सबै चौक चौकमा डस्ट बिन राख्ने गएको आवको योजना रहेको ले सो योजना मा कलैयाको समेत सहयोग रहि यो कार्य गरिएको डिभिजन बन कार्यालय बाराका बन अधिकृत जवाहर कुर्मिले बताए ।
सो अवसरमा पुर्व प्रदेश सान्सद पारस साह,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री,वडा ४ का अध्यक्ष रामेश्वर यादव,६ का अध्यक्ष राम बिश्वास ठाकुर,माओवादी केंद्रका युवा नेता मुकेश साह,कलैया उपमहानगरपालिका बाताबरण शाखाका प्रमुख विवेक गुप्ता,कलैया जेसिजका अध्यक्ष सुबाश जयस्वाल सहित बजारका ब्यापारीहरुको उपस्थिति रहेको थियो ।







