बिश्वास सम्बादाता
रौतहट,भदौ ९

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ केन्द्रिय कमिटी द्वारा मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा सभापति मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेका छन । रौतहट जिल्ला मा महिला संघ नेपाल को सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला पक्षले समानान्तर कमिटी गठन गरेका छ्न ।नेपाली कांग्रेस का वरिष्ठ नेता रहेका डा शेखर कोइराला को ठाडो निर्देशनमा विधान विपरित रौतहटमा महिला संघ नेपालको समानान्तर कमिटी गठन गर्दै सभापतिको जिम्मेवारी भिवनी गिरि लाई तोकिएको छ । नेपाली कांग्रेस को महिला संघ नेपाल को बिधान को अधिनमा रहि केन्द्रिय सभापति रहेकी उषा राउत मिश्र ले हरेक जिल्ला को अनुगमन मुल्यांकन गरेर संगठन निर्माण गर्नका निम्ति काम गर्दै आएका महिलाहरुको हरेक राजनीति परस्थिति र समस्या संग जुध्न सक्ने सक्षम योग्य नेत्रीहरुको खोजी गरि सभापतिको जिम्मेवारी दिएको मा त्यस्को बिरोध गर्दै शेखर कोइराला पक्ष ले आफ्नो मनोमानी ढंग ले समानान्तर कमिटी गठन गरेको आरोप लागेको छ । अहिले महिला संघ नेपालको केन्द्रिय कार्य समितीको निर्देशन अनुसार सबै महिला संघका सभापतिहरु आ- आफ्नो जिल्लामा संगठन निर्माण मा ब्यस्त भएको बेला अनावश्यक कुरागरी समानान्तर कमिटी गठन गर्नु भनेको नेपाली कांग्रेस लाई कमजोर बनाउनु हो महिला संघ नेपालको रौतहट जिल्लाकि जिल्ला सभापती अन्जु झाले भनिन् । झाले आफू दिनरात काङ्ग्रेस बलियो बनाउन सारा महिला दिदी बहिनिहरुलाई एक ढिक्का बनाउन लागिपरेको सर्व बिदित रहेका बेला यश खालको कार्यले आफ्नो मनोबल गिराउन प्रयास भैरहेको बताउदै आफू कति पनि आफ्नो अभियान बाट नडगमगाउने बताएकी छन ।

महिला संघमा यस्तो नाङ्गो हस्तक्षेप गर्नु पार्टीलाई कमजोर बनाउने देखिएको छ । नेपाली कांग्रेस महिला संघका महिलाहरुले रौतहट अध्यक्ष अन्जु झा हुनुपर्ने माग गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर