साजिर मन्सूर
कलैया,भदौ २१
गोपाल सेवा समिती बारा शाखाले भगवान श्री कृष्णको ५२४९ औ जनमोत्सव धुमधामका साथ मनाएको छ । कलैया ६ स्थित बिध्यानगर टोलमा रहेको शाखाको आफ्नै प्राङ्गणमा २०८० सालको जन्म उत्सव विभिन्न झाकी तथा साङ्गितिक कार्यक्रम सहित भगवानको जन्म उत्सव मनाएको शाखा अध्यक्ष जङ्गबहादुर यादवले बताए । जन्म उत्सवलाई अझ मनोरम बनाउन गायक पर्सा जिल्लाका अनिल बर्माले माखन चोरको बालापनलाई सम्झाउने विभिन्न भजन गाएर भक्तजनलाई रमाएका छन । गएराति ८ बजे देखि १ बजे सम्म भजन किर्तन र त्यसपछि भगवान कृष्णको जन्मोत्सव मनाएर पुन आज बिहानदेखि भजन किर्तन जारी रहने अध्यक्ष जङ्गबहादुर यादवले बताएका छन ।
त्यस्तै भदौ २६ गते बिहान पुजा आरती भजन किर्तन र ९ बजे बिहान विभिन्न संगठन तथा ब्यक्तित्वलाई सम्मान कार्यक्रम र भजन किर्तन गरि आरति तथा प्रसाद बितरन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जनाए । यादवले भगवान श्री कृष्णको छठियार भदौ २६ गते मंगलबार गरेर पुर्णाहुती सम्पन्न हुने जनाएका छन । संस्थाले हरेक बर्ष भगवान श्री कृष्णको जन्मोत्सव भब्य रुपमा मनाउदै आएको छ ।
जन्मोत्सव कार्यक्रममा शाखाका उपाध्यक्ष रामधारी प्रसाद यादव,सचिव सुकदेव यादव,कोषाध्यक्ष ध्रुब राउत अहिर,सह कोषाध्यक्ष सुनरपती यादव,सह सचिव प्रमेश यादव,सदस्यहरु सन्जय यादव,बिजय शन्कर यादव लगायतकाको उपस्थिति रहेको संस्थाका आजिवन सदस्य ओमप्रकाश यादवले जानकारी गराएका छन ।







