साजिर मन्सूर
कलैया,भदौ २७

हलखोरिया साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष बिकल्प भट्टराई एक्सनममा देखिएका छन । अध्यक्ष भट्टराईले हलखोरियाको जंगलमा फोहोर फाल्न लागेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका सरकारको ट्याक्टरलाई नियन्त्रणमा लिएका छन । अव्यवस्थित र बिना सहमती जंगलमा फोहोर फाल्न लागेको ना ४ त ५५५९ नं को ट्याकटरलाई नियन्त्रणमा लिइएको भट्टराईले जनाएका छन।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापन गर्न समस्या भैरहेका वेला नगरभित्रबाट उठाएको फोहोर अव्यवस्थित रुपमा जथाभावी वनको ऐन नियम विपरित फोहोर फाल्न लागेपछि ट्याक्टरलाई नियन्त्रणमा लिइएको हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । भट्टराईले पहिला जस्तो हलखोरियालाई खुल्लेआम आफू खुशी प्रयोग हुन नदिने बताएका छन । आफू अध्यक्ष भएपछि धेरै जनताले हलखोरियामा अद्वितीय बदलाव र बिकास हुने आस्सा राखेकाले त्यो भरोसा आफुले टुट्न नदिने बताए । ट्रेक्टरलाई चार घन्टा नियन्त्रणमा राखेर जितपुर उपमहानगरपालिका सङ्गको अब उपरान्त फोहोर नफाल्ने सहमतिमा छोडिएको भट्टराईले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार