साजिर मन्सूर
कलैया,भदौ ३०
बारा सदरमुकाम कलैया ६ बाईपास रोडमा सम्पुर्ण सुबिधा सहित मोटरसाइकल र चार पाङ्ग्रे सवारि वासिङ्ग गर्न सुपर सर्भिस सेन्टर सन्चालनमा आएको छ । बिश्वास एफएम को दक्षिण रहेको सो सेन्टरमा हरेक कम्पनीको मोटरसाइकलको पूरा सर्भिसिङ्ग सहित वासिङ्ग को ब्यवस्था रहेको सेन्टरका सन्चालक पुलिस मिया अन्सारीले जानकारी गराएका छन । हरेक कम्पनीको स्पेयर पार्टस होलसेल तथा खुद्रामा समेत उपलब्ध गराईने सन्चालक अन्सारीले बताए ।
वासिङ्गमा चार पाङ्ग्रे हरेक सवारी साधन जस्तै टिपर,बस,ट्रक,ट्रेक्टर,स्कार्पिओ,सुमो,नाईट बस,फर्चुनर लगायत हरेक सवारीसाधन को आधुनिक प्रविधिको सहयोगमा वासिङ्ग गरिने सेन्टरका प्रबन्धक अजाद अन्सारीले जनाए । सेन्टरमा आएका हरेक ग्राहकलाई पारिवारिक बाताबरणमा फेमिली गेस्ट रुम,फेमिली फूड सेन्टर रेस्टुरेन्ट समेत सन्चालनमा आएको र यहाँ पार्किङ्गको पर्याप्त सुबिधा रहेको यो सम्भवत मधेस प्रदेशकै पहिलो सुबिधा सम्पन्न सेन्टर भएको सन्चालक पुलिस मिया अन्सारीले जानकारी गराएका छन । सेन्टरमा आएका सवारीसाधनको मर्मतका लागि ईन्जिनको सम्पुर्ण काम,टायरको सम्पुर्ण काम,सिट कभर,नम्बर प्लेट लेख्ने ब्यवस्था लगायतका सबै काम दक्ष एवम अनुभवी मेकानिकहरु द्वारा पुर्ण रुपमा सिसिटिभी क्यामेराको निगरानिमा गरिने प्रबन्धक अन्सारीले जनाएका छन । प्रबन्धक अन्सारीले कलैया उपमहानगरपालिका भित्र कुनै पनि स्थान जस्तै घर वा रोडमा मोटरसाइकल बिग्रेको खन्डमा हामिलाई सम्पर्क गरे हाम्रो मिस्री त्यही गएर बनाउने र नबनेको खन्डमा मिस्री आफैले मोटरसाइकल सर्भिस सेन्टर सम्म ल्याएर मर्मत गरिने सुबिधा समेत रहेको र त्यसका मो . न. ९८२७२२०१५४ वा ९८२४२४३४३४ मा सम्पर्क गर्न सकिने जनाएका छन । प्रबन्धक अन्सारीले यहाँ आउने सबै नया पुरानो गाडिका लागि नया बुक्लेट दिईने र त्यो बुकलेट अनुसार गाडिको सम्पुर्ण जिम्मेवारी लिएर काम गरिने बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख एवम काङ्ग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवले यस्तो सेन्टरको स्थापनाले कलैयाको बिकासमा योगदान पुग्ने बताए । यादवले सदरमुकाम कलैयामा धेरै गाडिको चाप भएपनी यस्तो सर्भिस सेन्टर नभएकोले सर्भिसका लागि बाहिर बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
जसपा केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सभा सदस्य पारस साहले आधुनिक किसिमले स्थापना भएको सेन्टरले समयको बचत सङ्गै ग्राहकको अनावश्यक पैसाको समेत बचत हुने बताए । समाजिक कार्यमा हर समय सकृय रहने संचालक पुलिस मिया अन्सारीले सेन्टरको स्थापना गरेपछी यस छेत्रका करिब १५ जना युवाले रोजगारी पाएको र यसबाट आफू अत्यन्तै खुशी रहेको पुर्व प्रदेश सभा सदस्य साहले बताए ।
जिल्लाको सदरमुकाम कलैयामा यस्तो सर्भिस सेन्टर खुल्नु आफैमा ठूलो कुरा हो र हाईड्रोलिक सिस्टमले हाल सम्म कलैयामा चार पाङ्ग्रे सवारी धुने ब्यवस्था नरहेकोले गाडिको भित्री पार्टसमा राम्रो सङ्ग धुने काम नहुदा गाडिमा खिया लाग्ने गरेको बताउदै अब बाट यो समस्या को अन्त्य हुने नेकपा एमाले का युवा नेता तथा युवा संघ बाराका ईन्चार्ज पुरुषोतम साहले बताए ।
सन्चालक पुलिस मिया अन्सारीको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाका पुर्व नगर प्रमुख एवम काङ्ग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,फेटा गाउपालिकाका पुर्व अध्यक्ष अमिरिलाल प्रसाद,कलैया उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष दिपेन्द्र कुश्वाहा,सुरेश साह,एमाले युवाब्नेता रुस्तम अन्सारी,गोपाल सेवा समिति बाराका अध्यछ जङ्गबहादुर यादव,अरुण मन्डल,मौलाना खैरुद्दिन,कलाम मिया अन्सारी,सुधन दास,फेटा गाउपालिका का लेखा प्रमुख मुकेश साह,महमद सहिद मिया अन्सारी,डा. अब्दुल रहमान,करैयामाई गाउपालिका का योजना प्रमुख बिरेन्द्र महतो सहित का को उपस्थिति रहेको थियो ।