साजिर मन्सूर
जनकपुर,असोज १२
नेपाली काङ्ग्रेस सुचना सञ्चार तथा प्रचारप्रसार बिभाग मधेस प्रदेशको प्रमाणपत्र बितरण तथा प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस मधेस प्रदेश कार्यालय को सभा हलमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति तथा मधेस प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद यादवले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । 
काङ्ग्रेस भनेको प्रजातन्त्रको मेरुदण्ड भएको प्रमुख अतिथि यादवले बताएका छन । अहिले पनि सम्बिधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको बताए । धेरैले संघीयता बोझ भएको बताउदै संघीयता नचाहिने बताउदै आउनु लज्जास्पद भएको यादवले बताएका छन । यादवले देशको आवाज बनेर बिना डर त्रास परिवर्तनका लागि अगाडी बढ्नुपर्ने र कलम चलाउन आग्रह दिए । प्रमुख अतिथि यादवले नेपाली जनता र देशका लागि अहोरात्र खट्न सबै नव नियुक्त सदस्यहरुलाई निर्देशन दिए । संघीयता सबै भन्दा बढी मधेस प्रदेशलाई चाहिएको बताइदै यादवले संघीयताका पछमा कलम चलाउन आग्रह गरे । 
नितेश कुमार गुप्ता प्रमुख रहेको गठित ३४ सदस्यीय समितिमा जल्पना सरदार उप प्रमुख ,निकेश त्रिपाठी सदस्य सचिव,त्यस्तै सदस्यहरुमा क्रमशः निर्मला दहाल,बिनोद मन्डल,जियाबुल राईन,राहुल गुप्ता,निलिमा पौडल,प्रभात ठाकुर,रोसन कुमार साह,हदिस खुदार,सन्दीप यादव,सिकिन्द्र पसवान,सागर हुमागाई,प्रभात कुमार झा,१६ राजेश्वर पांडेय,साजिर मसुर,सन्तोष सिंह,अन्जली गुप्ता,निरंजन कुमार साह,सुधा देव,ललिता साह,जय नारायण यादव,श्रीकान्त गुप्ता,प्रकाश कुमार श्रेष्ठ,कमल साह,मिल साह,शम्भु यादव,सवनम साह,नविन साह,सन्जु यादव,प्रमानन्द यादव,दयाराम,महमद जियाउललाई प्रमाणपत्र सहित सम्मानित गरिएको हो ।

कार्यक्रममा बिशिस्ट अतिथी काङ्ग्रेस मधेस प्रदेश उपसभापति स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंह,बिशिस्ट अतिथी मधेस प्रदेश सरकारका गृह सुचना सन्चार तथा कानुन मन्त्री महमद समिम अन्सारी, प्रदेश सभा सदस्य नागेन्द्र साह,प्रदेश सभा सदस्य जङ्गिलाल राय,काङ्ग्रेस मधेस प्रदेश उप सभापति चन्द्रशेखर यादव,नेताहरु शन्तु यादव,महिला रामबाबु साह,सत्य प्रसाद श्रेष्ठ,शर्मिला थापा,भावना ढुङेल घिमिरे,सिमरौनगढ नगरपालिका का पुर्व नगर प्रमुख तथा काङ्ग्रेस नेता बिजय शंकर यादव,मिथिलेश मिश्र लगायतकाको उपस्थिति रहेको थियो ।
प्रभात झाले स्वागत गरेको कार्यक्रमको सन्चालन नितेश त्रीपाठिले गरेका थिए ।
आजै बसेको समितिको प्रथम बैठकबाट निम्न प्रस्तावहरु माथी छलफल भैइ निर्णय समेत गरिएको समितिले जनाएको छ ।
प्रस्ताव : १ मा बधाई एवम शुभकामना दिने सम्बन्धमा । प्रस्ताव : २ मा नेपाली कांग्रेसका एतिहासिक मधेस प्रदेशका किताबहरु राखी पुस्तकालय स्थापना गर्न सम्बन्धमा ।
प्रस्ताव : ३ मधेस प्रदेशमा जिल्ला र स्थानीय निकाय, पालिका वार्ड सम्म प्रचारप्रसार सम्म बनाउने सम्बन्धमा ।
प्रस्ताव : ४ मा कांग्रेस बाट मधेस प्रदेशमा निर्वाचन जनप्रतिनिधिको कामकारवाही र प्रचार पार्टी समयन्त्रले प्रचारप्रसार गर्न सम्बन्धमा लगायत ८ वटा प्रस्ताव पेश गरिएको छ ।







