साजिर मन्सूर
कलैया,असोज १३
दलित जनजाति उत्थान केन्द्र कलैया बाराको १३ औ साधारणसभा सम्पन्न भएको छ । करण राज पार्टी प्यालेसमा आयोजना गरिएको साधारणसभामा बक्ताहरुले सन्स्थाको अझ प्रगतिको कामना गरेका छन । 
प्रजिअ नवराज सापकोटाले यो संस्थाले दलित जनजातिहरुका लागि गरेको कार्यको प्रसंशा गर्दै यस खालका समाजिक गतिविधि लाई बढाउदै जान आग्रह गरे ।
कार्यक्रममा बार्सिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष हरिशंकर रामले प्रस्तुत गरेका थिए ।
बबिता देबि रामको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाको उप मेयर रौशन प्रविण,बारागढी गाउपालिकाको उपाध्यक्ष लक्ष्मी देबि राय,कलैया उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष ध्रुब प्रसाद यादव,२६ का अध्यक्ष धर्मेन्द्र यादव,२४ का अध्यक्ष हिरालाल चौधरी,बारागढी गाउपालिका २ का अध्यक्ष जोगिन्द्र साह,४ का अध्यक्ष पन्नालाल साह,कलैया उपमहानगरपालिका का पन्जिकरण शाखा प्रमुख तपसी चौरसिया,प्रहरी सहायक निरीक्षक द्वय कमला भट्टराई र सरु अधिकारी लगायत संस्थाको पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
स्वागत बिश्वनाथ चौधरीले गरेका थिए ।







