साजिर मन्सूर
कलैया,असोज १४

३३ औ ज्येष्ठ नागरिक दिवसका अवसरमा सन्जिवनी बाटिकाको बृद्दाश्रम भवन समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जितपुर सिमरा उपमहानगरपालिका ७ मदर्शा टोलमा निर्माण भएको सन्जिवनी बृदाश्रमको एक कार्यक्रमका बिच प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकाश शरण महतले बृद्दाश्रमको रिबन काटेर उदघाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री महतले बाटिकाको लागि आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । महतले सबै नेपाली नागरिकले आ आफ्ना बुवा आमा लाई सबैले स्नेह गर्न आग्रह गरे ।महतले देशको आर्थिक अवस्था सहज रुपमा सुध्रन लागेकोले सारा उधोगी ब्यवसायीले उच्च मनोबलका साथ लगानी गर्न आग्रह गरे । उनले फास्ट ट्र्याकको काममा पैसाको आगि भनेर काम ढिलो नहुने बताए । उखु किसानका पैसा चाडै जाने र सिमरौनगढ तामागढी सडक खण्डको मुआब्जा दिने बिषय पनि अगाडी बढ्ने बताए ।
पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण श्रेष्ठ किसानले बाटिकाको पुर्ण सफलताको कामना गरेका छन । श्रेष्ठले मन्सूर सत्य र निश्ठावान नेता भएको चर्चा गरे । श्रेष्ठले फास्ट ट्र्याकको आवस्यक बजेट यथाशीघ्र निकासा गर्न अर्थ मन्त्री लाई आग्रह गरे ।

सो अवसरमा बारामा उल्लेखनीय योगदान गरेका दुई जना ज्येष्ठ नागरिक तत्कालीन जिबिस सभापति छट्टु यादव र बामपंथी नेता नन्दन अर्याललाई नगद सहित दो सल्ला र कदर पत्रले सम्मनित गरिएको छ । साथै बाटिकालाई सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मानित गरिएको थियो ।

बाटिकाको संस्थापक अध्यक्ष नेपाल सरकारका पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री फर्मुल्लाह मन्सूरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण श्रेष्ठ किसान,प्रदेश सान्सद देवनारायण चौधरी ,राजन पौडेल,कलैया उपमहानगरपालिका का मेयर बिनोद साह,महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव,वडा अध्यक्ष सुनिल गुप्ता,प्रजिअ नवराज सापकोटा,डिलाराम पन्थी,महासेनानी बिनोद चन्द,कर अधिकृत राजकुमार खतिवडा,प्रेम देवकोटा,प्रहरी उपरीक्षक सुरेश काफ्ले,राजेन्द्र खड्का,समाजसेवी नन्दन अर्याल,छट्टु यादव,सम्बिधान सभा सदस्य मधु शाही ठकुरी,डिएसपी प्रदिप छेत्री,रास्ट्रीय अनुसन्धानका एसपी अभिनव सिंह लगायत सयौ समाजसेवि तथा जनप्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
बाटिकाको सन्स्थापक मन्सूरले बाटिकाको ईतिहासका बारे बर्णन गर्नुभएको थियो ।
मेघा शाहिले सन्चालन गरेको कार्यक्रममा स्वागत सन्जिवनी बाटिकाको कोषाध्यक्ष मधु शाही ठकुरिले गरेकी थिइन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार