साजिर मन्सूर
कलैया,कार्तिक १०

बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा भारतको चर्चित सवाना सिड्स कम्पनी द्वारा किसानहरुका लागि मेगा हार्भेस्ट मिटिङ्ग आयोजन गरि सम्पन्न भएको छ । मिटिङ्गमा कलैया भित्रका १५० बढी किसानको उपस्थिति रहेको थियो । सो अवसरमा कम्पनिका नेपाल ईन्चार्ज राजकुमार यादवले सवाना सीड्स कंपनीको संकर धान जीके ५०१७ र सावा १३४ धानको बारेमा धान कटाई दिवस कार्यक्रम मनाइएको जानकारी गराएका छन ।

यादवले उक्त कम्पनीका धानको बारेमा बिस्तृत् रूपमा संकर धान, जीके ५०१७ र सावा १३४ का बारेमा किसानहरु लाई बिउ कसरी लगाउने, खाद मल कसरी दिने, सबै खेतीको बारेमा जानकारी गराएका छन । सो अवसरमा कलैया आसपासका ५ जना ब्यापारीहरुको उपस्थिति रहेको थियो । कलैयाका किसान कमलेश मन्डलले यस कम्पनीको धानले आफ्नो मन जितेको बताउदै बाली सोचे अनुसारको भएको बताए । मन्डलले अरु किसानहरुलाई पनि बिना संकोच यो कम्पनी को बीउ लगाउन आग्रह गरेका छन ।
यता अर्का किसान कृष्ण कोईरिले कम्पनी का प्रतिनिधि यादवको रोहबरमा बाली लगाएर वहाले दिएको सल्लाह अनुसार बालिको स्याहार गर्दा अत्यन्तै राम्रो बाली भएकोमा कम्पनी र कम्पनीका नेपाल ईन्चार्ज यादवलाई धन्यवाद ब्यक्त गरे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर