साजिर मन्सूर
कलैया,कार्तिक १३
एन प्याब्सन बाराले जिल्ला सदरमुकाम कलैयामा १२:०० बजे नेसनल प्याबसनका वरिष्ठ जिल्ला उपाध्यक्ष विद्यालय एवम् बाल एकता +२ बोर्डिङ्ग स्कूल कलैया ६ बाराका संस्थापक रुपेश कुमार सर्राफ (उर्फ गुड् सर) लाई अपराधिक समूहले ज्ञान सरोबर बोर्डिङ्ग तथा श्री ने. रा. मा. वि. (मदर्शा) स्कूलको विच रोडमा दिन दहाडैं गोली प्रहार गरी निर्मम हत्या गरेको घटनाप्रति घोर विरोध एवम् भर्तषणा गर्दै दोषीलाई अभिलम्ब कडाभन्दा कडा कारवाही गर्न माँग गरेको जिल्ला अध्यक्ष प्रभुलाल प्रसाद कुश्वाहा द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति हार्दिक सम्बेदना प्रकट गर्दै मृत आत्माको चीर शान्तीको कामना गरिएको छ ।एन प्याब्सन बाराले यस्तो सेवा मुलक व्यवसायमार्फत राष्ट्र सेवा गरिरहेका हामी समस्त विद्यालय संचालकहरु अत्यन्तै असुरक्षीत महसुस गरिरहेको उल्लेख गरेको छ । तसर्थ भोलि मिति २०८०।०७।१४ गते मंगलबारका दिन विरोध स्वरुप जिल्ला भरीका सम्पूर्ण विद्यालयहरु, उधोग तथा व्यपार बन्द गरी समर्थन गर्न सम्पूर्ण जिल्ला बासिमा एन प्याब्सन बाराले हार्दिक अपिल समेत गरेको छ ।
दोषी उपर अभिलम्ब कारवाहीको प्रकृया अगाडी नबढाईए हामी २४ घण्टा भित्रै चरणबद्ध रुपमा थप कडा आन्दोलनका कार्यक्रमहरु ल्याउन समेत बिज्ञप्तिमा जनाईएको छ ।