साजिर मन्सूर
कलैया,मङ्सिर ८

कलैया उपमहानगरपालिकाका योजना शाखा प्रमुख हाजी मुस्ताक अन्सारीको उपमहानगरपालिकाले भब्य ससम्मान बिदाई गरिएको छ । अधिकृत स्तर सातौ तहका कर्मचारी हाजी अन्सारी कलैया उपमहानगरपालिकाको एक अत्यन्तै अनुभवी तथा पुरानो कर्मचारीका रुपमा रहेका वहाँ अत्यन्तै सरल हासिलो र सबैमा लोकप्रिय कर्मचारीका रुपमा रहेको कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले बताए । मेयर साहले अन्सारीले दिएको सेवाको लागि धन्यवाद दिदै आगामी जीवन सफल र सुखमय रहोस भन्ने कामना समेत गरे ।
हाजी मुस्ताक अन्सारी २०४९ देखिकै बेस्ट कर्मचारी भएको मेयर साहले बताएका छन । बहुदल ब्यवस्था देखि नै उत्कृष्ट रुपमा काम गर्दै आएका अन्सारी अत्यन्तै ईमान्दार कर्मचारी रहेको मेयर साहले जनाएका छन । ईमान्दार छबिका अन्सारी को बिदाईले आफू दुखित भएको बताएका छन । मेयर साहले वहाको अनुभवलाई आफु र उपमहानगरपालिकाले हतियारको रुपमा प्रयोग गर्ने बताए ।
मेयर साहले अन्सारीको अहिले समय हुदा हुदै पारिवारिक बाध्यताले वहाले अब समय दिन नसक्ने बताएपछि आफुले अहिले नजान धेरै प्रयास गरेपनी सफल नभएको बताए । मेयर साहले हाजी मुस्ताक अन्सारीको बिदाई बाट उपमहानगरपालिकाको काममा असजिलो हुने देखिएपनी वहाँ सङ्ग आवस्यक सर सल्लाह निरन्तर वहाले उपलब्ध गराउनेमा आफू बिश्वस्त रहेको बताए । मेयर साहले अन्सारी र माधव यादव यो पालिकाको खम्बा रहेको र यो मध्ये एउटा खम्बा जान लागेको भन्दै भावुक भएका थिए ।
उप मेयर रौशन प्रवीणले मुस्ताक अन्सारीको बिदाईले आफू अत्यन्तै दुखित भएको बताईन ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले हाजी मुस्ताक अन्सारीको योगदानलाई कलैया उपमहानगरपालिकाले कहिल्यै नबिर्सने बताए । प्रमुख प्रशासकिय अधिकृत नाथु साहले हाजी मुस्ताक अन्सारी अत्यन्तै अनुभवि र ईमान्दार कर्मचारी भएको बताउदै वहाँ को बिदाई भएपनी वहाको स्थानमा राम्रो र बुझेका कर्मचारी राखिने बताए । प्रमुख प्रशासकिय अधिकृतले जनप्रतिनिधि नभएको बेला जनतन्त्रिकको त्रासका समय मुस्ताक अन्सारी ले निडर भएर मलाई सहयोग गर्दै निरन्तर सेवा दिएको आफुले कहिल्यै नभुल्ने बताउदै अन्सारी आफ्नो दाहिने हात भएको र वहाको कर्यालयमा अबको कमि आफ्ना लागि अत्यन्तै दु:खद हुने बताए ।
कार्यक्रममा बोल्दै अन्सारीले भावुक भएर आफुले गरेको ब्यव्हारबाट कसैको चित दुखेको भए माफ गर्न आग्रह गरेका थिए । आफुले ब्यक्तिगत समस्या का कारण आफुले राजिनामा दिएको बताउदै हाल सम्मका सबै जनप्रतिनिधि कर्मचारी र नागरिकलाई धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा उपमहानगरपालिकाका सबै शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अन्सारी २०४९ साल भदौ १८ गते देखि लेखापाल पदमा स्थायी नियुक्ती भैइ काम गर्दै आएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर