साजिर मन्सूर
कलैया,मङ्सिर १७
समाजबाट महिला हिंसा न्यूनीकरणका लागि महिलाहरु सशक्त रुपमा आवाज उठाउनुपर्ने कलैया उपमहानगरपालिकाको उप मेयर रौशन प्रविणले बताएकी छन ।
बारा सदरमुकाम कलैयामा लैङ्िगक हिन्सा विरुद्धको सुनिस्चितता,महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नारा सहित हिजो बाट शुरु भएको ३२ औ लैङ्िगक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तरगत मुस्लिम महिलाहरुका लागि हानिकारक परम्परागत अभ्यास विरुद्ध २ दिने शसक्तिकरण तालिमको समापनमा प्रमुख अतिथि रहेकी उप मेयर प्रविणले यस्तो बताएकी हुन ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रविणले मुस्लिम महिलाहरु अझै पनि शिक्षा बाट टाढा रहेको प्रती चिन्ता ब्यक्त गर्दै सबैलाई शिक्षा लिन आग्रह गर्दै समाजमा दबिएका महिलाहरुको उत्थानका निमित सबै महिला एकजुट हुनुपर्नेमा जोड दिईन ।
प्रवीणले आफुले महिला सशक्तीकरण का लागि विभिन्न योजना राख्ने गरेकोले यसको सहि किसिमले सदुपयोग गरेर पिछ्स्डिएका समाजका महिलाले फाईदा लिन सक्नुपर्ने र यसका लागि मुस्लिम महिला समाज कल्याण समाज सङ्ग मिलेर काम गर्न सकिने बताईन । तालिमबाट आफू अत्यन्त खुशी भएको र तालिमबाट कलैयाका महिलाले धेरै सचेत बन्ने आफुले बिश्वास लिएको र यसका लागि आयोजक संस्था लाई धन्यवाद दिईन ।
समाजमा बिधमान विभिन्न बिक्रीती बिसङ्गती सहित कुरिती का बिरुद्द मुस्लिम महिलाहरुलाई सचेत गराउन देशका विभिन्न जिल्लामा तालिम को आयोजना गर्ने गरिएको आयोजक नेपाल मुस्लिम महिला कल्याण समाजको केन्द्रिय अध्यक्ष महिला अधिकारकर्मी सिमा खानले बताईन ।
तालिममा ३५ जना मुस्लिम महिलाहरुको सहभागीता रहेको थियो ।
दुई दिने तालिममा प्रशिक्षक करुणा बराल र कबिता चौधरीले प्रशिक्षण दिएको संस्था बाराको अध्यक्ष रुबि खातुनले जानकारी गराईन ।
तालिमबाट सहभागी हरु अत्यन्तै खुशी भएको र आउने दिनमा यस्ता खालका तालिमका लागि आयोजक संस्था सङ्ग आग्रह गरेका छन ।







