कलैया – जिल्ला प्रहरी कार्यालय बाराले जालसाजी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उप-महानगरपालिका वडा नम्बर १९ बस्ने सहवजान मियाँ धुनिया रहेको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जनाउनुभयो ।
जालसाजी मुद्दामा जिल्ला अदालत बाराले ५ हाजर ६ सय १० रुपैया जरिवाना गरेपछि फरार भएका धुनियालाई अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको प्रहरीको टोलीले पक्रेको हो ।
फक्राउ परेका धुनियालाई फैसला कार्यन्वयन गराउनको लागी जिल्ला अदालतमा उपस्ति गराईएको प्रहरी प्रवक्ता समेत रहनुभएको न्यौपाने बताउनुभयो ।
-कलैया , बारा -प्रियंका दास







