कलैया – बाराको बिश्रामपुर गाउँपालिकाको १५ औँ गाउँसभामा उत्कृष्ट दुई विद्यार्थी र दुई कर्मचारी गरी चार जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा चाँदनी कुमारी पाल र उही विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याएका छात्र रोशन कुमार यादव रहेको गाउँ कार्यपालिकाको कार्यालयले जनाएको छ ।

दुवै जना विद्यार्थीहरुलाई नगद जनही ८/८ हजारको दरले प्रोत्साहन स्वरूप सम्मानित गएको जनाईएको छ । यसैगरी विश्रामपुर गाउँपालिकाको शिक्षा शाखा अधिकृत महेश्वरनाथ र कार्यालय सहयोगी रामपुकार रामपुकार कोईरीलाई सम्मानपत्रबाट सम्मनित गरिएको हो ।

– प्रीयंका दास – कलैया , बारा

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर