जिल्ला प्रहरी कार्यालय बाराले ६७ लाख बराबरको अवैध सामानसहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको रु .६७ लाख ३९२ रुपैयाँको अवैध सामानसहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटेको प्रहरीको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा वीरगंजदेखि हेटौडा जादै गरेको ना ६ ख ४९४० नम्बरको डिब्बा ट्रकमा लोड खुद्रा सामानहरु ६४ लाख ५६ हजार २४२ रुपैयाँ बराबरको बरामद गरेको छ ।
यसैगरी जितपूरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा लोड १ लाख १४ हाजर १५० बराबरको बिल बिजक नभएको फेसवास २३० पिस बरामद गरेको ईल्ला प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।
उता प्रहरी चौकी मुसहर्वाबाट गएको प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका वडा नम्बर १० निलकण्ठवा स्थित नेपालबाट भारततर्फ लैजादै गरेको १ लाख ३० हजार बराबरको दुई वटा गाई , ८ वटा बाछा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता न्यौपाने जनाउनुभएको छ ।







