पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध २० किलो बरामद गरेको छ ।
जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बोराभित्र राखिएको अवस्थामा २० किलो प्रतिबन्धित लागुऔषध चरेश बारामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता दिपक भारतीले जनाउनुभयो ।
प्रहरी प्रवक्ता भारतीका अनुसार ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाबाट प्रहरी निरीक्षक मोहनबुढा थापाको नेतृत्वमा खटिएको प्रहरी गस्तीको टोलीले हनुमान मन्दिर छेउमा बोराभित्र राखिएको प्रतिबन्धित चरेश बरामद गरेको हो ।
गस्तीमा गएको प्रहरीलाई देखेर भरियाले चरेश मन्दिर छेउमा छोडेर फरार भएको बुझिएको छ ।







