बारामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ निवासी नरेश रामका दुई छोरी र एक छोराको एकैपटक मृत्यु भएको हो । ९ वर्षीय लालिमा राम, ७ वर्षीय पुष्पा राम र ५ वर्षीय कृष्ण रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै पकाएको माछा र खाना खाएर सुतेका तीनै जना अचानक बिरामी परेपछि उपचारको क्रममा मृत्यु भएको हो । खाना खाएको केही समयमा उल्टी हुनुका साथै पखालाको समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो ।
स्वास्थ्य अवस्था झनै बिग्रिन थालेपछि कलैयास्थित प्रादेशिक अस्पतालमा चेकजाँच गराएर वीरगंज नारायणी अस्पतालमा ल्याईएको थियो थियो । नारायणी अस्पतालमै उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो ।
माछा परिवारका सबै सदस्यले खाएको भएपनि बालबालिका मात्रै बिरामी भएका छन् । फुड पोइजनको आशंका गरेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ







