पर्सा प्रहरीले ससुराको हत्या गरेको आरोपमा एकजना ज्वाईंलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवी टोलका साजन सर्राफ रहेका छन ।
वीरगंज महानगरपालिका वडा नम्बर ७ बस्ने सिताराम सर्राफको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार साजन सर्राफ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १० प्रगति टोलमा बस्दै आएका थिए ।
ससुरा र ज्वाइँबिच विवाद भएको थियो, जसले हिंसात्मक रूप लियो । विवादका क्रममा साजनले सिताराम सर्राफमाथि कुटपिट गरेका थिए, जसबाट गम्भीर घाइते भएका सर्राफको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ ।







