१७ औं सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगन्जकी पत्रकार बिमला गुप्तालाई प्रदान गरिएको छ ।

पत्रकार सुबोध सिंहको स्मृतिमा स्थापित ५१ हजार राशीको यो पुरस्कार शनिबार प्रतीक दैनिकको ३८ औं बार्षिकोत्सव समारोहमा गुप्तालाई प्रदान गरिएको हो ।

प्रतीक प्रकाश समूह प्रालिले स्थापना गरेको उक्त पुरस्कार वर्षेनि एक सक्रिय पत्रकारलाई प्रदान गरिँदै आएको छ । उहाँलाई सम्मानपत्र तथा दोसल्लासहित उक्त पुरस्कार प्रदान गरिएको थियो ।

प्रतीक दैनिकमा कार्यरत पत्रकार सिंहको १७ वर्षअघि भारतमा रेल दुर्घटनामा परी मृत्यु भएको थियो ।

उहाँको स्मृतिमा प्रतीक प्रकाश समूह प्रालिले यो पुरस्कार स्थापना गरेको हो । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले गुप्तालाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

पुरस्कृत पत्रकार गुप्ताले पुरस्कारले आफूलाई पत्रकारिता कर्ममा दत्तचित्त भई लाग्न थप उर्जा मिलेको बताउनुभयो ।

त्यसैगरी, प्रतीक दैनिकको यस वर्षको उत्कृष्ट संवाददाताको पुरस्कार पोखरिया संवाददाता धर्मेन्द्र चौरसियालाई प्रदान गरिएको छ । उहाँलाइ १५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर