सहकारी ठगि प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेको पहिलो दिनको वयान आज जिल्ला सरकारी वकिलको कार्यालय पर्साले लिएको छ ।

झन्डै ५ घण्टा सरकारी वकिलको कार्यालय पर्सा सभापति लामिछानेसंग बयान लिएकोको हो । बिहानको ९:३० बजे जिल्ला प्रहरीको कार्यालय पर्साबाट जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्याईएकोमा दिउसो १:१५ मिनेटमा पहिलो दिनको वयान सकाएर जिल्ला प्रहरीले ल्याएको छ ।

उनि गोर्खा मिडिया नेटवर्कको प्रबन्धक निर्देशक रहेकै बेला सानो पाइला सहकारी बीरगंजबाट करिब ८ करोड रुपैयाँ ग्यालेक्सी फोर्के टेलिभिजनमा लागिएको थियो । त्यहि रकमको बारेमा अनुसन्धान गर्नका लगी जिल्ला प्रहरी कार्यालय पर्साले रविलाई पक्राउ जिल्ला अदालत पर्सासंग गत बुधबार अनुमति मागेको थियो ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रुपैयाँ जम्मा गरिएको थियो ।

२०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि ०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।

रास्वपा पर्साका सभापतिका अनुसार रविको वयान भोलि पनि हुनेछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर