बिश्वास सम्बाददाता
बारा १२ माघ
भारतिय महा बाणिज्य दुतावासको कार्यालय विरगंजका कन्सुल सतिसले अमृता अनाथालयका बालबालिकाहरुलाई कपडा प्रदान गरेका छन ।
भारतको ७६ औ स्वतन्त्रता दिवशको अवसरमा नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति बाराले अमृता अनाथालय कलैयाका बालबालिकाहरुलाई कपडा प्रदान गर्ने कार्यक्रममा कन्सुल सतिसले कपडा,जुता र मिठाई प्रदान गरेका थिए ।
मैत्री संघ बाराका अध्यक्ष हिरालाल साहको अध्यक्षतामा अमृता अनाथालयका १७ जना बालबालिकाहरुलाई जुता, कपडा र मिठाई प्रदा नगरिएको थियो । सो अवश्रमा मैत्री संघका सल्लाहकार जंगबहादुर यादव, जिल्ला कोषाअध्यक्ष वृजकिशोर साह, सदस्य सत्यनारायण साह, पवन अग्रवाल, किशोरी राम, उसीदिन अंसारी, अमृता अनाथालयका संचालक फुलमति बस्नेत, गोवद्र्धन बस्नेत लगायतको सहभागिता रहेको थियो ।







