मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले वीरगंज भन्सार नजिकैको बिभिन्न होटेलबाट उनीहरुलाई पक्राउ गर्दै दुई जना महिलाको उद्धार गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने ३८ बर्षीय मिरा कुमारी महत्तो , महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर २ टिकुलिया बस्ने ३२ बर्षीय सुक्राती चौधरी , ओखलढुंगको देयाले गाउँपालिका वडा नम्बर ५ बस्ने ३३ बर्षीय दिपेश राई र भारतिया नागरिक ३५ वषीय मनेजर राय रहेका पर्सा प्रहरी नायव उपरीक्षक सुवास भट्टले जनाउनुभयो ।

बिभिन्न आकर्ष तलब भएको काममा लगाईदिने प्रलोभन दिएर होटलमा आएका ग्राहसंग उद्धार गरिएकी ति दुई महिलाहरुलाई शारीरिक सम्पर्क गराउने कार्यमा चारै जना संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका चारेजनामाथि मानव बेचबिखनब तथा ओसार पसार नियन्त्रण एन २०६४ बमिजिम कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर