साजिर मन्सूर
कलैया,जेष्ठ ३२

बारा सदरमुकाम कलैया स्थित सिदेस्वर खेल परिसरमा कलैया सिटि जेसिजको आयोजनामा नेशनल ईन्फोटेक ईन्टर स्कुल जेसिज टि २० क्रीकेट प्रतियोगिता २०८० को उपाधी डिफेन्डिङ च्याम्पियन ग्यालेक्सीले हात पारेको छ । ग्यालेक्सी ले यो जित सङ्गै लगातार तेस्रो पटक यो प्रतियोगिता माथी जित निकाल्दै ईतिहास रचेको कलैया सिटि जेसिज बर्ष २०१८ का अध्यक्ष धनिलाल सरार्फले जनाए । सरार्फकै पाला देखि यो प्रतियोगिता सुरुवात भएको हो । कलैया सिटि जेसिजले हरेक बर्ष जिल्लाका माबीका बिद्यार्थीहरुलाई सहभागी गराएर क्रीकेट प्रतियोगिता सन्चालन गराउदै आएको कलैया सिटि जेसिजका पुर्व अध्यक्ष धनिलाल सरार्फले जानकारी गराएका छन । प्रतियोगितामा कलैयाका १२ वटा निजि बिधालयको सहभागीता रहेको थियो ।


जेसिज कलैयाका बर्तमान अध्यक्ष सुबाष जयस्वालले आगामी दिनमा अझ यस्ता यस्ता अन्य खेलकुद गराउने प्रतिबद्धता जनाउदै समाजमा युवाहरू कुलतमा फस्दै गएकाले उनीहरुको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गराउने भने ।
यता बिजेता ग्यालेक्सीका प्रत्येक खेलाडी र टिम ब्यवस्थापकलाई नगद १६ हजार बिधालयले दिने बिधालयका ब्यवस्थापन समिती अध्यक्ष महाबिर रिसालले घोषणा गरेका छन ।

यस अघि आजै भएको फाईनल खेलमा कलैया ब्राईट ल्याण्डलाई ६८ रनले पराजित गर्दै ग्यालेक्सीले उपाधी जितेको हो ।पहिले ब्याटिङ्ग गर्दै ग्यालेक्सीले २० ओभरमा ५ बिकेट गुमाएर १३५ रन बनाएको थियो ।
ग्यालेक्सिका रितिक पटेल ४० रन,धिरेन्द्र पास्वान २२,सिदार्थ पटेलले १७ रन बनाएका थिए । ब्राईट ल्यान्डका बलर सागर मन्डलले ४ ओभरमा २२ रन दिएर २ बिकेट लिएका छन त्यस्तै नुराद आलम,आकाश यादव र निरज साहले १/१ बिकेट लिए ।

जवाफी ब्याटिङ्गमा ओर्लेको ब्राईट ल्याण्डले १५ ओभर ४ बलमा अल आउट भएर जम्मा ६७ रन बनाउन सक्यो ।
ब्राईट ल्याण्डका सोनु कुश्वाहाले१८ रन बनाउन बाहेक कसैले दोहोरो अन्कमा रन बनाउन नसक्दा ६७ रनमा नै टिम अल आउट हुन पुगेको हो । ग्यालेक्सीका बलर सिदार्थ यादवले ४ ओभर बलिङ्ग गर्दै १५ रन दिएर ५ बिकेट लिएका छन । त्यस्तै अभि पालले २ओभर ४ बलमा ९ रन दिएर २ बिकेट लिए । ईसान्त केशरी र रितिक पटेलले समान १/१ बिकेट लिएको स्कोरर श्रेयन श्रेष्ठले जानकारी गराए ।
आजको फाईनल खेलको उत्कृष्ट खेलाडी ग्यालेक्सीका सिदार्थ यादव घोषित भए । म्यान अफ द सिरिज मेरि गोल्डका रबिन यादव घोषित भए । उनले प्रतियोगिता भरी ३७३ रन बनाएर ५ बिकेट समेत लिएका थिए । बेस्ट बवलर बाल एकताका दिलिप यादव भए उनले सर्वाधिक ११ बिकेट लिए । प्रतियोगिताको बेस्ट ब्याट्स म्यान पनि मेरि गोल्डकै रबिन यादव भएको प्रतियोगिता को-अर्डिनेटर पन्कज पान्डेले जनाए । यस्तै बेस्ट कोच ग्यालेस्की का कोच सुदिप चौधरी घोषित भए।

प्रतियोगिताको बिजेता र उप बिजेताले ट्रफी प्रमाणपत्र पाएको छ । प्रतियोगितामा राम्रो चयन हुने खेलाडीलाई अन्डर १६ का लागि चयन प्रक्रियामा सम्मिलित गरिने आयोजकले जनाएको छ ।

कलैया सिटि जेसिजका अध्यक्ष सुबाष जयस्वालको अध्यक्षता एवम नेपाल क्रीकेट संघका रास्ट्रीय अध्यक्ष बिकास मानन्धरको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा रास्ट्रीय उपाध्यक्ष द्वय सोनि श्रेष्ठ,राजाराम गौतम,कार्यकारिणी उपाध्यक्ष रजनी थापा,कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,नेशनल ईन्फोटेक कलेजका आर एन सिंह,कलैया क्रीकेट क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूर,कलैया क्रीकेट क्लबका सचिव जट्टाशन्कर सरार्फ,बिरगंज जेसिजका अध्यक्ष अरबिन्द श्रेष्ठ,जेसिजका पुर्व अध्यक्षहरु,शम्भु गुप्ता,राजेश कुश्वाहा,रामबाबु कुश्वाहा,सन्दिप बरै,सहभागी बिधालयका प्रतिनिधिहरु,प्रबिन सिग्देल,खेल प्रेमी तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कलैया सिटि जेसिजको आयोजनामा भैरहेको प्रतियोगिता सफल एवम सम्पन्न गराउन बारा क्रीकेट संघ,कलैया क्रीकेट क्लबले सहकार्य गरेको हो भने प्रायोजन नेशनल ईन्फोटेक कलेजले गरेको कलैया सिटि जेसिजका महासचिव आदिल अन्सारीले जनाएका छन ।
समापन कार्यक्रमको सन्चालन ट्रेनिङ्ग सम्योजक श्याम केशरीले गरेका थिए भने स्वागत सन्दिप साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर