साजिर मन्सूर
कलैया,मङ्सिर १
प्रहरी चौकी गन्जभवानिपुर र महागढिमाई नगरपालिका का नगर प्रहरीको संयुक्त टोलिले आज विभिन्न स्थानबाट ५५ लिटर लोकल रक्सि नियन्त्रणमा लिई नस्ट गरेका छन । महागढिमाई नगरपालिका वडा नम्बर ३ ,४ र १० को दहियार गन्जभवानिपुर लगायतका स्थानमा अबैध रुपमा उत्पादन भैरहेको लाई छापा मारी लोकल रक्सी लाई नियन्त्रणमा लिएर नस्ट गरिएको महागढिमाई नगर प्रहरी ईन्चार्ज अनिल कुमारले जानकारी गराए ।
वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र प्रसाद जयस्वालको विशेष उपस्थितिमा गरिएको रक्सि नस्ट का बेला गन्जभवानिपुर प्रहरी चौकिका प्रमुख सैइ खडग बहादुर खड्का सहित प्रहरी र नगर प्रहरीहरु उपस्थित रहेका थिए ।
नगर प्रहरी ईन्चार्ज अनिल कुमारले नगर भित्र महान पर्व छठको अवसरमा समेत लोकल रक्सी खुवाएर समाजमा बिकृती फैलाउने कार्य भैरहेको जनगुनासो बढेपछि आफुहरुले छापामारी गरि रक्सी नस्ट गरिएको बताए । अत्यन्तै पवित्र पर्वका रुपमा मनाईने छठ पर्वका बेला समेत यस्ता कर्म गर्ने रक्सी खाने घरमा गएर श्रीमती कुट्ने समाजमा गाली गलौज गर्ने हरु उपर हाम्रो निगरानी रहेको नगर प्रहरी ईन्चार्ज कुमारले बताएका छन । कुमारले पछिल्लो समयमा महागढिमाई नगरमा मेयर उपेन्द्र यादवको कडा निर्देशनले नगर मा कुनै पनि बिकृती हुन नदिन आफुहरु लागिपरेको बताएका छन ।







