शिल्पा कुश्वाहा
कलैया,मङ्सिर २२

अस्लिलता मुक्त समाज निर्माणका सम्योजक अभियन्ता साजिर मन्सूर सम्मानित भएका छन । श्री जिन्नाद बाबा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १० औ बार्षिक साधारणसभा को अवसरमा अभियन्ता मन्सूरलाई सम्मानपत्रले सम्मानित गरेको संस्थाका अध्यक्ष श्रीलाल प्रसाद साहले जानकारी गराएका छन । अध्यक्ष साहले मन्सूरले निरन्तर समाजबाट अस्लिल गित बन्द गराउन र स्वास्थ्यमा असर गर्दै आएको डिजे बाजालाई बन्द गराउन निरन्तर आवाज उठाउदै आएको देखेर वहालाई ससम्मान सम्मानित गर्ने संस्था ले निर्णय गरेको बताए । मन्सूरले खासगरी हाम्रो समाजमा विभिन्न बहानामा अस्लिल गित बजाउदा हाम्रा समाजका महिलाको अपमान गर्ने खालका गित बजाउदै गर्नु अत्यन्तै दुखद भएको र यो संस्था ले समेत अस्लिल गित का बिरुद्ध खडा हुने अध्यक्ष साहले जनाए । साजिर मन्सूर लामो समयदेखि पत्रकारिता गरि समाजलाई असल बाटो तर्फ डोर्याउदै विभिन्न समाजिक कार्य मा समेत महत्वपुर्ण योगदान दिदै आएको प्रसौनी गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले बताए । गाउपालिका अध्यक्ष जयस्वालले आफुले समेत पालिकामा अस्लिल गित बन्द गराईसकेको र यसलाई पुर्ण रुपले कार्यान्वयन गराउने बताए । खासगरी यस्ता अस्लिल गितले हाम्रो भोजपुरी भाषामाथी प्रहार गरेको आफुले पाएको अध्यक्ष जयस्वालले बताउदै यसको हामी सबै भोजपुरी भाषिले बिरोध गर्नुपर्ने बताएका छन ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण साहले यो अभियान अत्यन्तै सराहनीय भएको र यसका लागि मन्सूरलाई धन्यवाद दिईन । साहले हाम्रो समाज अत्यन्तै छाडा बन्दै गैरहेकोले सबै दिदिबहिनी दाजुभाई मिलेर समाजबाट गलत गित को बुरुद्द लाग्नुपर्छ बताईन । मन्सूरलाई अस्लिलता मुक्त समाज निर्माण अभियान अझ प्रभावकारी रुपले चलाउन र यसमा आफुहरुको सम्पुर्ण साथ रहने गाउपालिका अध्यक्ष र उपाध्यक्षले प्रतिबद्धता जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर