साजिर मन्सूर
कलैया,मङ्सिर २४

लैङ्िगक हिंसा अन्त्यको सुनिस्चितता : महिला र बालबालिकामा लगानीको एक्यवद्धता भन्ने नारा सहित शुरु भएको ३२ औ लैङ्िगक हिंसा बिरुद्धको १६ दिने अभियानको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । सरकारी तथा गैरसरकारी संस्था विशेष परिचय,सेवाका दायरा तथा प्रक्रिया बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बारा सदरमुकाम कलैया भरत चौकमा रहेको कलैया ईनमा कार्यक्रम सम्पन्न भएको हो ।
लैङ्िगक हिंसा बिरुद्ध शुन्य सहनशीलताको लागि सहकार्य आजको प्रमुख आवस्यकता भएको कार्यक्रमको अध्यक्ष प्रीयन्का कुमारी दासले जनाईन । जिल्लामा हुने गरेको सम्पुर्ण खालका हिंसालाई हामी सबै मिलेर अन्त्य गर्न लाग्नुपर्छ भन्दै दासले यो कार्यमा सारा जिल्ला बासिले एक्यवद्धता जनाउनुपर्नेमा जोड दिईन ।

प्रमुख अतिथि जिसस उप प्रमुख चन्डिका उप्रेतीले हिंसा अन्त्यमा जिल्लाको सबैको सहयोग साथ हुनुपर्ने बताईन । हिंसा भैरहेको ठाउमा हामी पुग्न नसकेको उप्रेतीले बताईन । उप्रेतीले सबैको सहयोग र साथले हामिले जिल्लालाई हिंसा मुक्त बनाउन सकिने बताईन । सबै प्रकारका विभेद अन्त्य गर्न जरुरी रहेकोले सबै अधिकारकर्मी सङ्गै शिक्षा को आवस्यकता भएको बताईन । सिक्ने ठाउमा सकेर जाने बाताबरण बनाउन सबैले सहयोग गर्नुपर्ने उप्रेतीले बताईन । हामिले आफ्नै गाउभित्र डुल्दा अधिकान्स हिंसा का घटना भेटिने र त्यसको समाधानका लागि मिलेर लाग्न आग्रह गरिन ।
महिलाले मात्र हैन पुरुष पनि हिंसाको सिकार भएका छन तर यो बिषय छायामा परेको उप्रेतीले बताईन । केही महिलाहरु आज समाजमा आफ्नै पतिलाई व्यापक हिंसा गरिरहेको हेर्दा अत्यन्तै दुखित भएको बताईन ।

बिशिस्ट अतिथि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कार्यक्रमको सफलताको कामना गर्दै महिला हिंसा सङ्गै शान्ति सुरक्षाको सवालमा जिल्लाबासी सचेत र सजग भएर सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । प्रजिअ सापकोटाले पिपुल टु पिपुल कार्यक्रम लिएर जान सुझाए । सापकोटाले हिंसा अन्त्य गर्न केवल १६ दिन अभियान चलाएर नहुने भन्दै ३६५ दिन नै अभियानका रुपमा चलाउन बताए ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सबै भन्दा आवस्यक शिक्षा भएकोले यो भए हामी सबै हिंसा अन्त्य गर्न सक्ने बताए । वहाले सदरमुकाममा मात्र नगरेर घर घर गाउँ गाउमा संचालन गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला स्थित रहेका उपस्थित संस्थाका प्रतिनिधिहरुले संस्थाले गर्दै आएको कार्यक्रम र छेत्रका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा धेरैले बारामा अस्लिल गित र डिजे पुर्ण रुपमा बन्द गराउन माग गरेका थिए ।
जनजागरण युवा क्लबको सचिव प्रीयन्का कुमारि दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराको उप प्रमुख चन्डिका उप्रेती,प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा,प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,नेपाली सेनाका सेनानी प्रदिप चन्द,शसस्त्र प्रहरिका निरीक्षक त्रीलोचन पोखरेल,कलैया उपमहानगरपालिकाका पन्जिकरण शाखा प्रमुख तपसी चौरसिया,महिला तथा बालबालिका शाखा प्रमुख नेहा केशरी,ब्लु हेभेन नेपालको कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठ,महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वाल,मन्जु सुवेदी लगायत जिल्ला भरका विभिन्न गैर सरकारी संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

साथ साथ एकाई बाराको अध्यक्ष सरस्वती खरेलले स्वागत गरेको कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेकी हुन ।

जनजागरण युवा क्लब बारा,को क्याप र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर