साजिर मन्सूर
कलैया,मङ्सिर २५

बारामा यातायात ब्यवस्था कार्यालय को उदघाटन गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुरमा रहेको शैक्षिक तालिम केंद्रमा मधेस सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले रिबन काटेर उदघाटन गरेका छन । उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री सिंहले ड्राईभिङ्ग लाईसेन्स अब १० बर्ष को लागि बनाउन कानुन बनाउने बताए । ब्लु बुक पनि सधैको लागि एकै पटक रिनिवल हुने नेपालमा ब्यवस्था गर्नमा लागेको बताएका छन । हुलाकी राजमार्गमा मधेस परिवहन गाडी चलाउने त्यो ईलेक्ट्रीक गाडी चलाउने मन्त्रीले बताएका छन । मधेस को लाईफ लाईन हुलाकी राजमार्ग को लागि छिटै मधेस परिवहन बिधेक लग्ने मन्त्री सिंहले बताएका छन । सबै कार्य अनलाइन गरिने मन्त्री सिंहले जनाए ।

प्रदेश सभा सदस्य माननीय महमद समिरले धेरै समयको पर्खाईपछी यो समयमा यातायात कार्यालय ल्याउन धेरै प्रयास गरेको बताए । काम नगरी केवल राजनीति भाषणले मात्र बिकास नहुने बताउदै यसको लागि हरपल लागिरहेको बताए । समिरले आफुले चलाएको जनतामुखी अभियान मधेस सरकारले पनि आत्मसात गरि अगाडि बढाएकोले धन्यवाद दिए । माननीय समिरले मधेस प्रदेशमा गरिबिका कारण कोहि पनि शिक्षा बाट बन्चित हुन नपरोस् त्यसका लागि आवस्यक पहल गर्न आग्रह गरे । आठै जिल्लामा सबै सुबिधा सहित प्रादेशिक अस्पताल बनाएर गरिब को स्वास्थ लाई ध्यान दिन क्याबिनेट लाई आग्रह गरे ।

प्रदेश सभा सदस्य माननीय रबिन्द्र दास श्रेष्ठले यातायातको छेत्रमा माननीय मन्त्री सिंहको अनुभव रहेकोले यसबाट यातायात को बेथिति हट्नेमा बिश्वस्त रहेको बताए । श्रेष्ठले जनताले सबै सेवा केवल संघीयता र लोकतन्त्रले ल्याएकोले बताउदै यसलाई संस्थागत गर्नुपर्ने बताएका छन ।

कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले कार्यालयको लागि आवस्यक ३ देखि ६ बिघा सम्म जग्गा उपलब्ध गराउने बताए ।

जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले प्रदेश सरकार,मुख्यमन्त्री र यातायात मन्त्रीको बिशेश योगदानले कार्यालय स्थापना भएको बताए । संघीयताको देनले दिएको अधिकार ले यो सुबिधा आएको बताए । जिल्लाको ईलाका प्रशासन कार्यालयहरु कर्मचारी बिना नचलेको मा दुख ब्यक्त गरे । भुमी आयोग कर्मचारी बिना काम नभएको मा प्रजिअ लाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै गाडिको नवीकरण १५ बर्षमा र लाईसेन्सको नवीकरण १० बर्षमा होस भन्दै पुर्व प्रदेश सान्सद पारस साहले माग गरे । देशमा रहेको सवारीसाधन को चाप अनुसार सरकारले यस्तो ब्यवस्था सहितको कानुन बनाउनुपर्नेमा जोड दिदै ।

सम्बिधान सभा सदस्य प्रमोद गुप्ताले यो कार्यालय पथलैयामा बोर्ड लगाएर लग्न खोजिएको बताउदै त्यस्लाई सङ्हर्ष गरेर कलैयामा ल्याएको बताए । आफुहरुलाई जनताले सम्बिधान बनाउन भनेकोमा सम्बिधान बनाएर दिएको बताउदै जनता लाई बिकास,शान्ति सुरक्षा प्रत्याभुत गराउन सरकारको काम भएको बताए । सरकारले काम गरोस ब्यापार नगरोस भन्दै गुप्ता सरकारप्रती खनिए । सरकारले विभिन्न कार्यालय मार्फत मिटर ब्याजी भन्दा बढी ब्याज लिएर जनता मारिरहेको आरोप लगाए । हामिले कार्यालयमा अनुगमन गर्ने बेलामा प्रतिनिधि माग्दा प्रहरी पठाएर आफुहरुको अपमान गरेकोले खेद प्रकट गरे । गुप्ताले नागरिकता को सवालमा जिल्ला प्रशासन कार्यालय बाराले अत्यन्तै दुख दिरहेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

बाराका प्रजिअ नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित अधिकान्स नेता जनताहरुको उपस्थिति रहेको थियो ।
४० लाख सवारी नेपालमा दर्ता भएर सन्चालनमा रहेको प्रजिअ सापकोटाले बताए । नेपालमा दैनिक सवारी दुर्घटना बाट दैनिक १२ जनाले ज्यान गुमाउने गरेको सापकोटाले बताए । बारामा यातायात कार्यालयको उदघाटन पछि जनतालैइ सेवा सहज मिल्ने बताए ।

कार्यालयका लेखा पाल मुकेश प्रजापतिले सन्चालन गरेको उद्स्घाटन कार्यक्रममा स्वागत यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख नवाज हुसेनको रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर