श्रीकान्त गुप्ता
पुस ३ मंग्लवार

बिश्व प्रसिद्ध गढीमाईको जेठी बहिन श्री कटवासीमाईको पञ्चबर्षिय पुजा एवम मेलामा पछिल्लो मेला भन्दा यस बर्षको मेलामा व्यापक प्रचारले दर्शनार्थी तथा भक्तजनको संख्यामा वृद्धिसंगै बलिमा वृद्धि भएकोछ ।

महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा रहेको श्री कांटवासीमाई पञ्च बर्षिय पुजा एवम मेलामा पन्द्र लाख भन्दा बढी भक्तजनहरुले दर्शन गर्न पुगेको थियो २०७५ को पुजा एवम मेलामा पांच लाख देखि सात लाख हराहारीमा भक्तजन दर्शन गर्न पुगेका थिए यस बर्षको मेलामा दोब्बर दर्शनार्थीहरु पुगेको थियो यस मेलामा १८ वटा रंगा बली र एवटा रंगालाई खुल्ला छोडिएको छ ।त्यस्तै १५ देखि २० हजारको हराहारीमा बोका ,बंगुर मुर्गालाई दर्शनार्थीहरुले बलि चढाएको थियो पाँच हजार देखि १० हजारको हराहारीमा परेवा कसैले उडाएको थियो भने कसैले चढाएको थियो मेलाको प्रवक्ता बिरेन्द्र यादवले बताएको छ ।पछिलो समयमा रंगा छ वटा ,बोका, मुर्गा पांच हजारको हरहारीमा बली चढेको थियो ।

मेलामा आउनु भएका खेल मनोरञ्जन ब्यवसायी र पसले ब्यपारीहरुले पछिल्लो मेला भन्दा यस बर्षको मेलामा राम्रो ब्यापार चलेको बताएको छ । मेलामा ब्यवस्थापन राम्रो भएको हुनाले यस बर्षमा बलीको एक दिन पहिला दर्शनार्थीहरुले मेलामा बसेको हुनाले राम्रो ब्यापार चलेको छ ।समयको अनुसार मेलामा जग्गाको खासै बढी मूल्य थिएन समय अनुसार थियो ।यस क्षेत्रलाई राम्रो बिकासको लागि पर्यटन प्रबर्द्धनको रुपमा बिकास भएमा यस क्षेत्रको स्तर उन्नति हुन्छ ।

तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये श्री कटवासीमाई पनि एक शक्ति पीठ हो कटवासीमाईको पांच बर्षमा हुने पूजा एवम मेलामा पन्द्र लाख भन्दा बढी आउने भक्तजनको लागि बास बस्नको लागि ठाउँ ठाउँमा टेण्टको ब्यवस्था शौचालय ,खानेपानी ,खाना बिजुली बती ,बाटोघाटोको ब्यवस्था गरिएको महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले बताएको छ ।कटवासीमाई मेला सम्पन्न भएपछि कटवासीमाई मंन्दिरको भब्य निर्माण गर्ने र यस क्षेत्रमा पनि विश्व प्रसिद्ध गढीमाई जस्तै पर्यटन र भक्तजन भित्र्याउने नगरप्रमुख यादवले प्रतिबद्धता गर्नु भएकोछ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर