बिश्वास सम्बादाता
कलैया, पुष १७

महिला सेल बारामा आउने सेवाग्राहीको सुविधालाई मध्ये नजर गर्दै मंगलबार महिला सेललाई ५० हजार बराबरको सामग्री प्रदान गरिएको छ । इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोगमा जनजागरण युवा क्लब (जेजेवाइसी) बाराको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण परियोजनाले ५० हजार बराबरको सामग्री प्रदान गरेको हो ।
जेजेवाइसीका कार्यकारी निर्देशक श्रीनिवास बैठाको विशेष उपस्थितीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, औषधी सहितको प्राथमिक उपचार बक्स, ४ थान ओढ्ने ओच्छ्याउने, २० थान प्लाष्टिकको कुर्सी, सेनेटरी प्याड लगायत गरी ५० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
सामग्री ग्रहण गर्दै महिला सेल प्रमुख इन्सपेक्टर विमला कठायतले बढ्दो शितलहरको समयमा भएको सहयोगबाट सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरिन् । कठायतका अनुसार सेवाग्राहीको आधारभूत आवश्यकता परिपूर्ती गर्न यो सहयोग महत्वपूर्ण हुनेछ । उनले यसैगरी सितलहर, घाम, झरीका समयमा सहज छलफलको वातावरण बनाउन ट्रस हाल्नु पर्ने तर्फ समेत ध्यान दिन परियोजनालाई आग्रह गरिन् ।
न्यायका लागि आउने विभिन्न अवस्थाका विशेष गरी महिलाहरुले चिसो भुँईंमा बसेर छलफल गर्नुपर्ने, महिना मौसम अनुसारको प्रयाप्त पानी पिउन नपाइने, महिनावारीको अवस्थामा सेनेटरी प्याड नपाएर भौंतारीनुपर्ने जस्ता समस्या झेल्न नपरोस् भन्ने उद्देश्यले माग भए बमोजिमका अत्यावश्यक सामग्री दिइएको परियोजनाका लक्ष्मी खरेलले जानकारी दिइन् ।
सामग्री हस्नातरण कार्यक्रममा महिला सेलका सई कृष्णदेव सिंह, एससिआर परियोजनाका लेखा अधिकृत पवन कुमार सहनी लगायतकाको सहभागिता रहेको थियो । परियोजनाले महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको ७ वटा वडामा जलवायु मैत्री खेतीपाती, जिविकोपार्जन, खानेपानी तथा सरसफाई, संरक्षणका क्षेत्रमा विभिन्न किसिमका कृयाकलापहरु सञ्चालन गरिरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार