साजिर मन्सूर
कलैया,पुष २३

महागढिमाई नगरपालिकाको हिउदे नगर सभा शुरु भएको छ । पालिकाको सभा हलमा शुरु भएको सभामा आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित बजेटका योजनालाई रकमान्तरण गरिएको जनाईएको छ ।
महागढीमाई नगरपालिकाका मेयर,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर सभाका सदस्यहरु सबैको उपस्थिति रहेको थियो ।

महागढीमाई नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार मिति २०८०/०३/०८ गते सम्पन्न सातौ नगर सभाले पारित गरिएका योजना तथा कार्यक्रमलाई कार्यन्वयन गर्दै हाल सम्म अगाडि बढिरहेको मेयर उपेन्द्र प्रसाद यादवले जानकारी गराए ।
मेयर यादवले नगरपालिकालाई अझ विकसित तथा पर्यटकीय विकास एव फोहोर मैला व्यवस्थापन जस्ता चुनौतिहरु अझ हाम्रो सामु विकराल सम्स्याको रुपमा देखापरेको बताउदै यसलाई समाधान गर्न अगाडी बढिरहेको बताएका छन । हिउदे नगर सभामा छलफलका लागि पेश गरिएका विषयहरु तपसिल अनुसारका छन ।

> बजेट संसोधन

> चिडयाखाना व्यवस्थापन तथा संचालन

> आवशयक ऐन नियम तथा कार्यविधिहरुः- जस्तै

१. विद्यालय सरसफाई कर्यविधि २०८०

२. आर्थिक सहायता कार्यविधि २०८०

३. स्थानीय सिप संचालन व्यवस्थापन ऐन २०८०

४. नगर प्रहरी संचालन तथा व्यवस्थापन ऐन २०८०

५. खानेपानी तथा सरसफाई ऐन २०८०

६. वातावरण तथा प्राकृति स्रोत संसक्षण ऐन २०८०

७. संक्षिप्त वातावरणिय अध्ययन तथा प्रारम्भिक वातावरणिय परिक्षण कार्यविधि २०८०
८. श्री गढीमाई पंचवर्षिय मेला व्यवस्थापनको लागि बालि मुअबजा वितरण

९. वडा नं.१ को अधुरो वडाकार्यालय भवन निर्माणको अपुग रकम

१०.फोहोर व्यवस्थापनको लागि खरिद तथा निर्माण डम्पीड़न समर

११. नगरपालिका भवनको जग्गा खरिद

१२. वडा नं. ३को वडाकार्यालय भवन निर्माणको लागि जग्गा खरिद

१३. आखा उपचार सेवा केन्द्र संचालन तथा व्यवस्थापन

१४. मारुती महा यज्ञ सम्बन्धमा ।

१५.स्वास्थ्य चौकी बरियारपुरको जिर्ण अवस्थामा रहेको भवन भतकाउने सम्बन्धमा

१६. गंजभवानिपुरको मेला बजारको ठेका सम्बन्धमा

१७. नगरपालिको थप बजेटको लागि लिजा सम्बन्धमा

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर