उखु औद्योगिक एवं नगदे बाली मात्र नभई नेपालमा राजनीतिक बाली बन्न पुगेको छ- डा. यादव
विश्वास एफ.एम

२०८० माघ १० गते, बुधबार

नेपालको प्रमुख औद्योगिक एवं नगदे बालीको रूपमा रहेको उखु अब राजनीतिक बाली पनि बन्न पुगेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. दिलराज यादवले टिप्पणी गरेका छन । नेपालमा खासगरी तराईका जिल्लाहरुमा किसानले बढी रुचाएको बालीमा आउने उखु बालीको पर्याप्त सम्भावना भएता पनि यसका लागि आवश्यक नियम कानून र यथेष्ट बर्तमान सुबिधा र वैज्ञानिक तरीकाको अनुदान व्यवस्था नभएको डा. यादवले बताएका छन् । उनले मुख्य गरी किसान र तिनका अगुवाले केवल मिलले भुक्तानी गरेन र राज्यले पर्याप्त अनुदान दिएन भन्ने कुरा वर्षमा एक पटक उखु कटानीको बेला मात्र उठाउने गरेको त्यस बाहेकका मुद्दाहरु ओझेलमा पर्ने गरेको बताएका छन् । बिश्वास एफ.एम. सङ्ग कुरा गर्दै उनले उखुबालीलाई किसानहरुले अल्छी बालीको रुपमा लिइने कारणले समेत रोपाईको बेला मात्र अलि ध्यान दिए पनि त्यसपछि खासै वास्ता नगरिदा पनि चाहे बमोजिम उत्पादन लिन नसकिएको तितो अनुभव सुनाए । अहिले पनि देशमा सिफारिस वा दर्ता नभएका उखुका जातहरु धेरै किसानले लगाईरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले नेपालमा एक दुई बर्ष अगाडी दर्ता भएका र निकट भविष्यमा दर्ता हुन् लागेका उखुका जातहरु जस्तै जीतपुर-६, जीतपुर ७, जीतपुर ८, जीतपुर ९, सी.ओ. ०५०११, सी.ओ. ०८२७९ आदी जात लगाउन सबै किसानलाई आग्रह गरेका छन् । अहिले माघ/फाल्गुनमा लगाईने उखुको छनौट गर्दा पनि बिशेष ध्यान दिएर दर्ता भएका जातहरु मात्र लगाउन सके किसानहरुले बढी उत्पादन गरी बढी आम्दानी गर्न सकिने बताएका छन् । गत बर्ष बारामा लगाईएको उखुको जात जसमा रातो सड्न रोगले असाध्यै क्षति गर्यो त्यस लगायत हाल नेपालमा ७० भन्दा बढी किसिमका उखुका जात लगाउने गरिएको छ तर हामीले सिफारिस/दर्ता गरेका नयाँ जातहरु मात्र लगाउन उनले अनुरोध गरे । सि.ओ. ०२३८ जातको उखु नेपालको उखु क्षेत्रफलको लगभग २५ प्रतिशत क्षेत्रफल ओगटेको छ तर यो जातमा रातो सड्न रोगको समस्या भएकोले सावधान भएर उखुको जात छान्न उखु किसानलाई आग्रह गरेका छन् । डा. यादवले हामी केवल न्युनतम समर्थन मूल्य र अनुदान बढाउनतिर मात्रै ध्यान दिनुको अलावा लागत खर्च कसरी घटाउन सकिन्छ त्यता तर्फ बढी जोड दिनुपर्नेमा सबै सरोकारवालाहरुलाई सुझाव दिएका छन् । उखु लगाउदा किसानले एक लाईन देखि अर्को लाईनको दूरी कम्तिमा १२० सेन्टिमिटर राख्नु पर्नेमा ६०/७५ सेन्टिमिटर मै उखु लगाईदिदा पनि उत्पादन घट्ने अनि यान्त्रिकिकरण गर्न नसकिने बताएका छन् । उखुबाली बाट बढी उत्पादन र आम्दानी लिन हामीले माटो एवं बालीको एकीकृत ब्यवस्थापन, बढी उतपादन दिने र रोगकिरा सहन सक्ने जातहरुको प्रयोग, गुणस्तरीय बीउको प्रयोग तथा यान्त्रीकिकरण गरेर मात्र सफलता हासिल गर्न सकिने बताएका छन् । डा. यादवले बारामा रहेको रिलायन्स सुगर चिनी मिल लगायत अन्य चिनी मिलहरुले किसानहरुलाई विभिन्न अभिमुखिकरण कार्यक्रम गरेर सचेतना फैलाएको देखेर आफू खुशी भएको बताए । उखु मिलले समेत किसानको उत्पादन बढाउन सकेसम्म गरेको प्रयास तारीफ योग्य भएको बताएका छन् र साथै मधेश प्रदेशको एक प्रमुख बाली तापनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा यस बालीलाई नसमेटेकोमा गुनासो पोखेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर