साजिर मन्सूर
कलैया,फाल्गुन १
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज प्राली श्रीपुर मनहर्वाका ईक्स्क्युटिभ डाईरेक्टर शैलेन्द्र गुप्ताले सोझासाझा किसानलाई फकाएर विभिन्न प्रलोभनमा पारी केही चिनी मिलले ठगिरहेको आरोप लगाएका छन । गुप्ताले त्यस्ता ठगहरुलाई कानुन ले कडा कार्वाही गर्नुपर्ने बताएका छन । किसानहरुलाई रौतहटका चिनी मिलले केही दलाल राखेर विभिन्न किसिमले ठगिरहेको जग जाहेर भएको बताएका छन । गएको माघ २३ गते रौतहटको बाबा बैजुनाथ सुगर मिलले उखु किसानको तौलमा ठग्ने गरेको कुरा बाहिर आएपछि किसानहरुले बिरोध गरेको र त्यसका लागि समाचार संकलन गर्न पुगेका पत्रकार कृष्ण तिवारी उपर समेत मिल प्रसासनले साङ्घातिक हमला गरेको भनी समाचार पनि बाहिर आएको सबैले देखेको बताउदै घटनाको निन्दा गरेका छन । हामी पुर्ण रुपले प्रेस स्वतन्त्रताको पछ्मा रहेको भन्दै यसको दोषिमाथी कार्वाही हुनुपर्ने समेत बताएका छन । रिलायन्स चिनिमिल देशकै सबै भन्दा लोकप्रिय एवम उखु किसानको पहिलो रोजाई भएको बताइदै हाम्रो पेमेन्ट सिस्टम एक दमै राम्रो भएको र उखु मिलमा आएको १५ दिन भित्र किसानलाई पेमेन्ट गर्ने गरेको बताएका छन । उखु किसान सङ्ग केवल उखु मात्र लिने अनि नाता नराख्ने नभैइ हामी आम्रा किसानलाई मल खाद बीउ सङ्गै परेका बखत सापट समेत दिएर काम गर्दै आएको र यो हाम्रो लागि महत्वपूर्ण रहेको बताएका छन । बाबा बैजुनाथ चिनिमिलले केही बिचौलिया लाई खटाएर बारा पर्साका केही किसानलाई लोभ् दिएर अनि ड्राईभरलाई प्रती ट्रेलर १ हजार प्रती ट्रक २ हजार दिने लोभमा उखु लग्ने गरेको तर २० प्रतिशत सम्म कम तौल गरेर किसान ठगिरहेको आरोप लगाएका छन । यसरी यताका किसान नठगिउन र उनिहरु सहित उन्का परिवारले बर्षमा उखुको उचित दाम आउला र खुशी आउला भनेर गरेको आशा नटुटोस भन्ने आफुले चाहेको गुप्ताले बताएका छन ।
कति किसान लोभमा जाने गरेको प्रशनमा गुप्ताले केवल ०.५ प्रतिशत किसान जो हामी सङ्ग् बीउ मल खाद र लोन लिएका छन त्यस्ताले यस्तो काम गर्ने गरेको बताएका छन । उखु यहाँ लइएर आउदा लिएको ऋण मिनाहा होला भन्ने डरले बाहिर गएर ठगिदै आएको बताएका छन ।
यता मिलका प्रशासन शाखा प्रमुख मनोहर झाले रिलायन्स मिलले उखु किसानको भावना अनुरुप अगाडि बढिरहेको बताएका छन । झाले समेत किसान ठगिन नदिन आफुहरुले विभिन्न जनचेतना मुलक कार्यक्रम खेत खेत सम्म पुर्याईरहेको बताएका छन । झाले आफुहरु बैज्ञानिक किसिमले चलान बितरण गरि किसानलाई मर्का नपर्नेगरी कार्य गरिरहेको बताए ।
मिलको छेत्रीय ईन्चार्ज श्याम अर्यालले उखु किसानको सुख दुखको मित्र भएर मिलले हर प्रयास र सहयोग गरिरहेको बताउदै केही गलत मानसिकताका किसानले राम्रो किसान पनि दुख पाईरहेकोले त्यसताको पहिचान अब सब किसानले गर्न थालेको बताएका छन ।
यसरी बाराका उखु किसान रौतहटमा गएर ठगिदा स्थानिय प्रशासन,उखु किसान संघ,स्थानिय सरकार सबै सचेत बन्नुपर्ने देखिन्छ ।