साजिर मन्सूर

कलैया,फाल्गुन २

प्रादेशिक अस्पताल कलैयामा मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोज यादवले आज विभिन्न महत्वपुर्ण वार्डहरुको उदघाटन गरेका छन ।यादवले प्रादेशिक कलैया अस्पतालमा डाईलाईसिस,ईन्डोस्कोपी र नवजात शिशुहरुकोलागी एसेनसियु ईकाईहरुको उदघाटन गरे सङ्गै आजबाट ती सेवाहरु सुचारु भएका छन । मुख्यमन्त्री यादवले आफुले नै संघको स्वास्थ राज्यमन्त्री हुदा कलैया अस्पताललाई ५० सैया बनाएको त्यसपछि आफैले १०० शैयाको अस्पताल बनाएको स्मरण गर्दै जिल्लाको हरेक नागरिकले सहज उपचार प्राप्त गरून् भनेर मैले आवस्यक सबै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

 

डाईलाईसिस सेवा शुरु भएसङ्गै प्रादेशिक अस्पताल कलैयामा दैनिक १५ जनाले सेवा प्राप्त गर्न सकिने अस्पतालका मेसु डा. अजय गुप्ताले जानकारी गराएका छन । मेसु गुप्ताले मुख्यमन्त्री यादव सङ्ग अस्पतालका लागि सिटि स्क्यान मेसिन र ईको मेसिनको उपलब्धता गराईदिन आग्रह गरेका छन । अस्पतालले अब आवस्यक सबै सेवा बिस्तारै प्रवाह गर्दै जाने मेसु गुप्ताले जान्कारी गराए ।

सो अवसरमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश  चौगाईले अस्पतालका सबै बेथितिलाई अन्त्य गर्दै अगाडी बढिरहेको बताउदै मेडिकल माफिया र बिचौलियाहरुको उठिबास लगाउन हामी सफल भएको बताएका छन । निर्धक्क भएर कलैया अस्पतालमा उपचार का लागि आउन सारा जनता सङ्ग आग्रह गरे ।

सो अवसरमा सम्बिधान सभा सदस्य प्रमोद गुप्ता,पुर्व सान्सद रामबाबु यादव,पुर्व प्रदेश सान्सद पारस साह,डा. मनोज गुप्ता सहित अस्पताल प्रशासन,डाक्टरहरु,स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार