कलैया ।विगत एक सातादेखि निरन्तर पहिरो खसिरहेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले बताएका छन् ।
आज बिहान देखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको अधिकारी ले जानकारी दिएका छन् । पहिराले सयौँ सवारी साधन अहिले पनि रोकिएका छन् ।







