साजिर मन्सूर
कलैया,फाल्गुन ९
कलैया उपमहानगरपालिकाले शिक्षा का महादाता द अग्रवाल फाउन्डेसनको संस्थापक पवन अग्रवाल सहित सम्पुर्णलाई नागरिक अभिनन्दन गरेको छ । कलैया उपमहानगरपालिका प्राङ्गणमा भब्य स्वागत गरि अभिनन्दन गरिएको स्वागत मन्तव्य दिदै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताए ।
कलैयाका मेयर बिनोद साहले बिना कुनै स्वार्थ शिक्षामा लगानी गर्ने महादातालाई सम्मान गर्न पाउँदा आफू गौरम्बान्वित भएको बताएका छन ।
यहाका नेताले आफ्नो सन्तानलाई बिदेश पठाउन चाहन्छन तर द अग्रवाल फाउन्डेसनले अमेरिका मा भएर पनि जन्म स्थानका सन्ततिलाई शिक्षा दिन करोडौं लगानी गरेकोमा पुर्व प्रदेश सान्सद पारस साहले धन्यवाद ब्यक्त गरे । बाराको शैक्षिक स्तरको सुधार अवस्य हुने र यसमा द अग्रवाल फाउन्डेसन लाई जहिले पनि नेपाली शिक्षा जगतले स्मरण गर्ने बताए ।
नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले शैक्षिक दातालाई धन्यवाद दिए ।
नागरिक अभिनन्दन कार्यक्रममा नगर कार्यपालिकाका समस्त जनप्रतिनिधि कर्मचारी एवम नगरबासिको उपस्थिति रहेको थियो ।
द अग्रवाल फाउन्डेसनले नेपालकै जेठो बिधालय मध्येका एक श्री ३ चन्द्र माबीको पुरानो संरचना जस्तै नया भवन बनाउन लागेको हो । एउटा भवन भनाएर आज उदघाटन गर्दै अर्को साढे तीन तल्ले भवनको शिलान्यास समेत पवन अग्रवालले गरेका छन । उनले आफ्नो पिता स्वर्गीय ताराचन्द्र अग्रवाल र माता स्वर्गीय चम्पा देबिको समाज प्रतिको लगाव र सहयोग गर्ने भावनाले आफुहरुलाई प्रेरित गरेकाले सात समुद्रा पारी गएपनी मातृभुमिलाई नबिर्शेको बताए । उनले मातापिताले कलैयामा अनेकन समाजिक कार्य गरेको बताउदै सबै मिलेर यहाको शिक्षा स्तर उकास्न लाग्नुपर्ने बताए । उनका पिता कक्षा ७ सम्म पढेर भएपनी कलैयालाई शिछित बनाउन चाहेको बताए ।
आजै श्री ३ चन्द्र माबी प्राङ्गणमा समेत भब्य कार्यक्रमका बिच वहाहरुको स्वागत गरिएको छ ।
सो कार्यक्रममा अमेरिका बाट प्रबिधिको सहयोगमा बोल्दै प्रमुख अतिथि द अग्रवाल फाउन्डेसनका अध्यक्ष महादानबिर डा. बजरङ्ग अग्रवालले मातृभुमिको ऋण तिर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जन्मेको ठाउको शैक्षिक बिकासमा सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताए । आफ्नो पिता स्वर्गीय ताराचन्द अग्रवालले कलैयामा गरेका समाजिक कार्यहरुलाई सानै देखि हेरेर त्यसबाट आफुहरु पनि सिक्दै आएर समाजमा लगानी गर्दै जाने प्रतिबद्धता जनाए ।
स्थानिय समाजसेवी तथा मारवाडी सेवा समितिका पुर्व अध्यक्ष निरन्जन अग्रवालले आफ्नै निगरानिमा सम्पुर्ण बिधालय भवन निर्माण गराईरहेकोले आफुलाई अत्यन्तै गौरव लागेको बताए । अग्रवालले मधेस प्रदेशमै यस्तो सुबिधा सम्पन्न बिधालय भवन भएकोले यसको सुरक्षा सबै बिद्यार्थी अभिभावक र शिक्षकले गर्न आग्रह गरे ।
वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्रीले यस्ता दाताको सम्मान गर्न पाउँदा आफू हर्शबिभोदित भएको बताएका छन । छेत्रीले हामिले भगवान र परमात्मा लाई नदेखेको तर सायद यस्तै महादानि वहाहरु होलान भनेर आफुलाई लागेको बताए ।
बिधालय ब्यवस्थापन समिति अध्यक्ष हरिॐ सोनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा द अग्रवाल फाउन्डेसनका बोर्ड मेम्बरहरु निलिमा अग्रवाल,निकिता अग्रवाल,आशिष् अग्रवाल,हर्षिता खान,लक्षमण अग्रवाल,डा.अमित अग्रवाल उपस्थित रहेका थिए ।