साजिर मन्सूर
कलैया,फाल्गुन १०

५ बर्ष मुनिको बालबालिकालाई प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय द्वारा स्वर्ण बिन्दु कार्यक्रम सम्पन्न भएको छ ।
५ वर्ष मुनिका बच्चाहरुको लागि प्रत्येक महिनाको पुष्या नक्षत्रमा स्वर्ण बिन्दु निःशुल्क सेवन गराईने भएकोले आ-आफनो बालबालिकाहरुलाई स्वर्ण बिन्दु सेवन गराउन प्रादेशिक आयुर्वेद तथा चिकित्सालय कलैया बाराको प्रमुख डा.पुनिता केशरीले बताईन ।
स्वर्ण बिन्दु के हो र किन खुवाउने प्रश्नमा केशरिले
१. स्वर्ण भष्म, मह र घृतबाट बनेको (स्वर्ण बिन्दु) बच्चाहरुको लागि अमृत जस्तै आयुर्वेदिक औषधी भएको बताईन । स्वर्ण बिन्दुको सेवनले बच्चाहरुको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । यसको सेवनले बचचाहरुमा विभिन्न रोगहरु संग लडने क्षमताको विकास गरि रोगहरु लाग्नबाट बचाउछ,कुपोषन हुनबाट बचाउछ बताईन ।
यो काहाँ खुवाउने प्रश्नमा बरिस्ठ कबिराज सहदेव पन्डितले
यो स्वर्ण बिन्दु प्रासन प्रत्येक महिनाको पुष्या नक्षत्रमा जस्तै २०८० फाल्गुन १० गते, चैत्र ६ गते,बैसाख ४ गते, २०८१ जेष्ठ १ गते,जेष्ठ २८ गते र २०८१ अषाढ २४ गते खुवाईने बताएका छन ।
काहाँ खुवाउने प्रश्नमा डा. मुन्ना कुश्वाहाले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैया बाराको कार्यालयमा
विहान १०:०० बजे देखि दिउसो ४:०० बजे सम्म खुवाउने बताएका छन ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैया, बाराको प्राङ्गणमा आज खुवाईएको र सो अवसरमा ३५० जना ५ बर्ष मुनिका बालबालिकाले खाएको बैध निरीक्षक अशोक कुमार यादवले जानकारी गराए ।
स्वास्थ मन्त्रालय मधेस प्रदेशले पाईलट प्रोजेक्टका रुपमा सबै ८ वटै जिल्लामा यो कार्यक्रम लागू गरेको हो ।
चिकित्सालयमा जिल्ला भरिका ५ वटै नागरिक आरोग्य सेवा केन्द्रका प्राबिधिकहरु क्रमशः रामप्रबेश प्रसाद यादव,निलम सिंह,ज्योती गुप्ता,रामदिनेश साह र रघुनन्दन राम लगायतकाले सहयोग गरिरहेका छन ।
यस अघि उदघाटनमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर ३ का वडा अध्यक्ष मोहन साह कानु,प्रादेशिक अस्पताल कलैयाका मेसु डा. अजय गुप्ता सहित स्थानिय राजनीतिकर्मिको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर