साजिर मन्सूर
कलैया,फाल्गुन ११
बारा सदरमुकाम कलैयामा रहेको मेरो एकेडेमीले आफ्नो ९ औ बार्षिकोत्सव मनाएको छ् । आज र भोलि २ दिन चल्ने कार्यक्रम एकेडेमीको प्राङ्गणमा भएको हो । कार्यक्रममा बिधालयका बिद्यार्थी अभिभावक शिक्षक एवम सन्चालक समितिको भब्य उपस्थिति रहेको थियो ।
एकेडमीले कम समयमा अत्यन्तै राम्रो गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सान्सद महमद समिरले बताए । समिरले आजको युगमा मुख्य गरि प्रतिस्पर्धात्मक एवम गुणस्तरीय शिक्षा को आवस्यकता रहेकाले मेरो एकेडमीले प्रदान गर्दै आएको शैक्षिक प्रणाली बाट आफू खुसी भएको बताए । २०७२ मा स्थापना भएर कम समयमा १० सम्म सन्चालन भैइ नाम कमाएकोले बधाई दिए । पढाइ केवल पढाईका लागि नगरी समाज देशका लागि पढ्न बिद्यार्थी सङ्ग आग्रह गरे । देशको भोलिको कर्णधार बिद्यार्थीहरुलाई बिना शिक्षा समाजमा एक कदम पनि हिड्न नसकिने भएकाले यसमा ध्यान दिन आग्रह गरे । आजको युगमा पढिएन भने भोलि बाख्रा पनि चराउन नपाईने तितो सत्य स्विकार्नु पर्ने । शिक्षा नभए जवानिले मात्र कमाएर दिने तर शिक्षा भए बुढापनले समेत कमाएर दिने भएकोले सबै शिक्षा लिन अनिवार्य भएको बताए । कहिल्यैपनी नकारात्मक सोचका साथ नरहन बताए । सकारात्मक सोच भए सन्सारको सबै कुरा जित्न सकिने माननीय समिरले बताए । शिक्षा नभए विभिन्न प्रकारका हिंसा पनि बढ्दै जाने भएकोले शिक्षा हासिल गर्न लगाए ।
एकेडेमीका प्रीन्सिपल बैजु शन्कर चौधरीले अभिभावकहरुको हामी प्रतिको बिश्वास कहिल्यै टुट्न नदिने बताएका छन । यहाँ हाल ८ सय बिद्यार्थी रहेको र ती सारा बिद्यार्थीका अभिभावकले चाहेका सपना पूरा गराउने किसिमले बिद्यार्थी लाई आजको प्रतिस्पर्धात्मक युगमा हामिले तैयार गरिरहेको बताएका छन । प्रत्येक कक्षामा हामिले स्वच्छ एवम पारिवारिक बाताबरणमा शिक्षा प्रदान गरिरहेको चौधरीले जनाए ।
म्यानेजिङ्ग डाईरेक्टर देवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालकहरु मन्तोश चौधरी,दिपेन्द्र भगत,बिनोद चौधरी,अनिश महतो अतिथिहरु बैधनाथ पास्वान,लक्ष्मी चौधरी,बृजमोहन चौधरी,दिपक चौधरी,बिनोद मणि महतो,नासिर अन्सारी,वसन्त घिमिरे,गौरीशंकर साह सहित अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।