एन.आई.सी एशिया बैक कलैया बारा शाखाले दुर्घटनामा परी ज्यान गुमाउनु भएका, कन्हैया लाल चौधरीको परिवारलाई दुर्घटना बीमा बापतको रु १० लाख उपलब्ध गराएको छ ।
यस बैकमा एम्बेसडर श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका कलैया उपमानगरपालिका वडा २४ मा स्थायी घर भएका मृतक चौधरीको खातामा उपलब्ध दुर्घटना बीमा बापत‌को रकम उहाँको श्रीमति दुर्गा चौधरी ज्यूलाई यस बैंकका मधेश प्रदशको सहायक प्रमुख श्री सुबाश जोशी ज्यू र कलैया शाखाका प्रबन्धक श्री अमृत राना ज्युले सन्युक्त रुपमा रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
यस बैकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु ४० लाखको दुर्घटना बीमा, रु ४० लाखको घातक रोग बीमा र रु. ४ लाख सम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बिमा मध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु ८० हजारसम्म प्राप्त गर्न सक्नुहुनेछ ।
एन.आई.सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैकिङ्ग सन्जालहरू भएको बैकहरू मध्येको बैंक हो। यस बैकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सन्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समुह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। वित्तीय समावेशीकरणका बाग्रि मुगु, कालिकोट, बझाड, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको २४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सन्चालन गर्दै आइरहेको छ।
देशको कुल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्नु ग्रामीण तथा, साना सहरी क्षेत्रमा बैकुले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
साभार:-अग्निपथ मिडिया

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार