बारा /बारा मा करिब १६ लाख बराबर को भन्सार छलीको मोबाइल सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्ने मा कोल्हवी नगरपालिका वडा नम्बर ४ बस्ने पदमबहादुर घिमिरे रहेका छन् ।

घिमिरे ले काठमाडौँबाट अवैधि तरिकाले भन्सार छलेर ल्याइएको १५ लाख ८६ हजार को मोबाइल र १५ लाख गरी ३० लाख ८६ रुपैयाँ को बराबर को गाडी बरामद गरिएको
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनु भयो ।

विशेष सूचनाको आधारमा असार २१ गते राति साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले घिमिरेले चलाईरहेको प्रदेश २-०३-००१ च १४३ नम्बरको बोलेरो गाडीलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ स्थित अमलेखगञ्ज सडकखण्डमा रोकेर चेकजाँच गर्दा गाडीमा लुकाएर ल्याइरहेको १५ सय २० थान मोबाइल बरामद गरेको हो ।

उनले बिलविजक देखाउन नसकेपछि पक्राउ गरिएको प्रहरी ले जनाएको छ । घिमिरे लाई पक्राउ गरि थप अनुसन्धान भैरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर