साजिर मन्सूर
कलैया,फाल्गुन २६

संयुक्त एम्बुलेन्स चालक संघ बारा द्वारा होलि मिलन समारोह २०८० सम्पन्न गरिएको छ । राज लक्ष्मी अस्पताल कलैयाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस नेता लोकेश सिंहले एम्बुलेन्स चालकलाई मिनि डाक्टरको सङ्या दिए । भाडा सङ्गै इज्जत कमाउनु पर्ने किसिमले काम गर्न बताए । अस्पतालहरुले एम्बुलेन्स चालकहरुको ओपिडी सेवा फ्री गर्नुपर्ने माग गरे । ईन्डियन गाडी एक लाखमा किनेर चलायो भने नेपालमा २० लाखमा किनेर एम्बुलेन्स चलाउदा कसरी मिल्छ ? भनेर प्रश्न गरे ।

राज लक्ष्मी हस्पिटलका सन्चालक बिजय साहले होलिको सबैमा सुभकामना दिए । ३ बर्शको अन्तरालमा राज लक्ष्मी अस्पताल ले सबैको मन जितेको ठोकुवा गरे । एम्बुलेन्स चालकले कुन बिरामिहरुलाई कहाँ पुर्याउनु पर्ने त्यो भन्दा कल्ले बढी कमिशन दिन्छ त्यो हेर्ने गरेकाले एम्बुलेन्स चालक पेशा बदनाम हुँदै गएको बताए । १५ सैयाबाट ५० सैयाको राज लक्ष्मी हस्पिटल लाई स्तरोन्नति गर्दै यहाँ आमा सुरक्षा कार्यक्रम स्वास्थ बिमा कार्यक्रम लागू गर्न गैरहेको जानकारी गराए ।

डा.मनोज कुश्वाहाले थोरै कमिशनका आगि बिरामिको जीवन सङ्ग खेलवाड नगर्न एम्बुलेन्स चालक र अस्पताल सन्चालकहरुलाई आग्रह गरे ।
डा. सुनिल कुमार पटेलले धेरै कमाउने ठाउबाट हामी गृह जिल्ला को सेवा गर्न मात्र कलैया आएको बताए
अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रमुख माधव कुमार सिलवाल ले एम्बुलेन्स चालकले अनावश्यक साईरन नबजाउन आग्रह गरे । लाईसेन्स लिएर मात्र चालकले आवस्यक तालिम पश्चात् एम्बुलेन्स चलाउन थाले धेरै समस्याको अन्त्य हुने बताए ।
एम्बुलेन्स चालक संघका मधेस प्रदेश अध्यक्ष नौशाद अन्सारीले हामिले हाम्रो चालकहरु लाई पुर्ण ईमान्दार भएर बिरामिलाई संबंधित अस्पतालमा पुर्याउन आग्रह गर्दै आएको बताए । धेरै दुख साथ गाडी खरिद गरेर चलाउन चाहे पनि भारतको विभिन्न राज्यका गाडी ल्याएर एम्बुलेन्स चलाउदा कसैले नरोकेको दुखेसो पोखे । राज्यलाई कर तिर्ने हामिले अनि बङाल,सिक्किम,युपि,बिहार,राजस्थान का गाडी चल्न आखिर किन दिइन्छ ? स्थानिय सरकारले पनि यसमा चासो नदिदा दुख लाग्ने गरेको बताए ।
बरिस्ठ सैइ मोहन बहादुर कटुवालले होलि सभ्य भब्य र अनुशाशित भएर मनाउन आग्रह गरे । डिजे पुर्ण रुपमा बन्द गर्न जिप्रका बाराले आग्रह गरेकाले सो तर्फ ध्यान दिन आग्रह गरे । होलिमा रक्सी खाएर बाईक चलाउदा धेरैले ज्यान गुमाउने गरेकाले सबैले आ आफ्नो घरमा यसको चेतना जगाउन आग्रह गरे । होलि नखेल्ने लाई जबरजस्ती रङ्ग अबिर नलगाउन भने ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल बाराको अध्यक्ष दिपेन्द्र महतो कोईरिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संघ बाराका सचिव धिरज चौधरीले स्वागत गरेको कार्यक्रमको सन्चालन साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर