साजिर मन्सूर
कलैया,फाल्गुन २८
सामुदायिक सुरक्षा जालो र महिलाबादी आन्दोलनको सुदृढीकरण का लागि सन्चारकर्मीहरु सङ्ग दुई दिने अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । ललितपुरको धापाखेलको टेवामा कार्यक्रमको महिलाबादी आन्दोलनको अगुवा टेवाको संस्थापक रिता थापाले उदघाटन गर्ने भनिएपनी वहाले नया पुस्ताले अब यसको थालनी युवा पुस्ताले गर्नुपर्छ भनेर उपस्थित मध्येको सबैभन्दा युवा गोरखाको प्रतीक्षा आले मगर सङ्ग दिप प्रज्वलन गरेर उदघाटन गरिएको थियो । 
कार्यक्रममा टेवाको संस्थापक थापाले टेवा भनेको नेपाली महिला कोष हो जुन एशियामै पहिलो महिला कोषको रुपमा स्थापना भएको बताईन । देशमा हिंसा बेथिती बढेको अपनत्व घट्दै गैइरहेको प्रती चिन्ता ब्यक्त गरिन । हामिहरु आफै सङ्ग पहिला बफादार हुन सक्नुपर्ने बताईन । सामुदायिक सुरक्षा जालो जस्तो शुद्द अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन । देशमा झन झन अप्ठ्यारो समय आउने तर्फ सचेत भएर सबैले आ आफ्नो स्तरबाट देश बनाउन तर्फ लम्किनुपर्छ उनले भनिन ।

टेवाले महिलाको अधिकार न्याय र शक्ति,महिलाबादी नेतृत्व प्रवर्द्धन,परोपकारिताको प्रवदन,सबल र दिगो संस्था ,दिप योगिनी -दिगोपना तथा महिलाबादी सिकाई जस्ता छेत्रमा काम गर्दै आईरहेको शोभा शाक्यले जानकारी गराईन । देअह भरका महिला समूह र संस्थाहरुलाई सहयोग एवम अनुदान दिदै आएको छ । खासगरी बिदेसी दाताहरुको मुख ताक्ने काम छोडेर आफै सहयोग जुटाएर सहयोग गर्नुपर्ने अवधारणा अनुरुप टेवाले काम गर्दै आएको हो । टेवाको मुख्य कार्यक्रम अनुदान बितरण,छमता अभिबृद्दी तालिम र नेटवर्किङ,अध्ययन अनुगमन र मुल्यांकन मेन्टरशिप कार्यक्रम भएको अन्तरक्रियामा जानकारी गराईएको छ । देशका कुनै पनि ठाउको महिला समूह वा संस्थाले ३६५ दिननै यहाँ आफ्नो
प्रपोजल ल्याएर बुझाउदा प्राथमिकिकरण गरि कार्यक्रम उपलब्ध गराउदै जाने बताईएको छ ।
२१ जिल्लाका पत्रकार अन्तरक्रियामा सहभागी रहेको टेवाको सरस्वती श्रेष्ठले जानकारी गराईन । श्रेष्ठका अनुसार महिलाबादी आन्दोलन सुदृढीकरणलाई अभियानको रुपमा थालिएको हो ।
कार्यक्रममा महिला आन्दोलनकी अगुवा शरु जोशीले अन्तरास्ट्रिय नारी दिवस मनाएको ११४ बर्ष पुगेपनी अहिले पनि हामी सफलता प्राप्त गर्न नसकेको गुनासो गरिन ।
कार्यक्रममा टेवाको सह प्रबन्धक शोभा शाक्य,निर्मला ढुकुटी,रुपा उदास लगायतकाको उपस्थिति रहेको थियो ।
साउमी फिनल्यान्ड तथा युएन वोमेनको सहयोग र टेवाको आयोजनमा कार्यक्रम सम्पन्न भएको हो । दुई दिने कार्यक्रमको सन्चालन अन्जु बरालले गरेकी थिइन ।







