साजिर मन्सूर
कलैया,चैत्र ३

गाउको आवाज देशको बिकास भन्ने उदेश्य राखेर बाराको एतिहासिक सिमरौनगढ नगरपालिका बाट प्रकाशन हुँदै आएको तिरहुत साप्ताहिक पत्रीकाको आज एक कार्यक्रमका बिच १२ औ बार्शिक उत्सव भब्य रुपले मनाईएको छ । सिमरौनगढ नगरपालिका स्थित ॐ पार्टी प्यालेशमा सो बार्षिकोत्सव सम्पन्न भएको हो ।
सिमरौनगढ नगरपालिकाका पुर्व नगरप्रमुख एवम काङ्ग्रेस बारा १ का छेत्रीय सभापती बिजय शंकर यादवले कार्यक्रमको उदघाटन गरेका हुन । प्रमुख अतिथि यादवले देशमा प्रजातन्त्र स्थापना र लोकतान्त्रिक आन्दोलनमा संचार छेत्र एवम पत्रकारको महत्वपूर्ण भुमिका रहेको बताए। संघीयता आएपनी सो अनुसार देश चलेको छ छैन भनेर प्रश्न गरे ? सिमरौनगढ एतिहासिक छेत्र भएपनी यसको बिकास किन भएन ? मुख्यमन्त्री यहि छेत्रबाट भएपनी यो छेत्रको बिकास नहुनु लज्जास्पद भएको जिकिर गरे । पत्रीकाको सफलताको कामना गर्दै उनले सिमरौनगढ नगरपालिकामा लथालिङ्ग अवस्था रहेको र यो छेत्रलाई पछाडि पारिन खोजिएको बताए । हालको मेयर पुर्ण रुपमा असफल भएको यहाका जनताले भन्न थालेको बताएका छन । आफू पुर्व मेयरको हैसियतमा यहाका जनतालाई २४ सै घन्टा सेवा गर्न तत्पर रहने बताए ।
पत्रीकाका प्रकाशक अजित कुमारको अध्यक्षतामा भएको कार्यक्रममा सन्चारकर्मी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पत्रीकाका सम्पादक रामेश्वर मेहताले स्वागत गरेको कार्यक्रमको सन्चालन सिकिन्द्र पास्वानले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार