साजिर मन्सूर
कलैया,चैत २

नेपाल सरकारको उप प्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीको सपथ लिएपछि पहिलो पटक आफ्नो निर्वाचन छेत्रको भ्रमणमा आएका छन । यहि अवसर पारेर अस्पताल को सभाहलमा मन्त्री यादवलाई मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल कलैया अस्पताल एकाई समितिले सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ मन्त्री यादवले हरेक प्रदेशमा बिशिस्ट सेवा सहितको अस्पताल हुनुपर्ने बताएका छन ।
अहिले पनि नेपालका हरेक नागरिकलाई प्राथमिक उपचार र गुणस्तरीय स्वास्थ सेवा दिने लक्ष्य प्राप्ती हुन नसक्नु दुखद भएपनी सुधार हुँदै गएको बताएका छन । कलैया अस्पताल लाई आवस्यक हरेक स्वास्थ्य सुबिधा उपलब्ध गराउन प्रदेश र केन्द्र सरकार ले सहयोग गर्ने बताएका छन । स्वास्थ्य बिमालाई पनि प्रभावकारी बनाउदै लगिने बताएका छन । यादवले कलैया अस्पताललाई आवस्यक जनशक्ति र उपकरण उपलब्ध गराईने घोषणा गरेका छन । देशमा सुशासन भए मात्र देशमा बिकासको गति बढ्ने मन्त्री यादवले बताएका छन । देशमा गरिबी बेरोजगारी रहेसम्म देशमा राजनितिक अस्थिरता रहने बताए । प्राथमिक र आधारभुत सेवा सबैलाई निशुल्क प्राप्त होस भनेर मन्त्रालय लागेको बताए ।
स्वस्थ जीवन हरेक नागरिकको अधिकार हो उनले बताए ।
कलैया प्रादेशिक अस्पतालका लागि भौतिक संरचना निर्माण, सिटि स्क्यान,ईको मेसिन,मेडिकल अफिसर, कन्सल्टेन्ट डाक्टर,पारा मेडिक्स स्ताफ र नर्सिङ्ग स्टाफ को आवस्यकता रहेको छ ।
पुरानो थाईराईड मेसिनमा समस्या आएर सुचारु हुन नसकेपछि नया थाईराईड लगायतका विशेष चेकजाँच गर्ने मेसिनको समेत माग भैरहेको डा. गुप्ताले जानकारी गराएका छन ।
१०० बेडको घोषणा भएपनी हाल कार्यान्वयन नभएकोले यो अस्पताललाई २ सय बेडको अनिवार्य बनाउनु पर्ने मेसु डा. अजय गुप्ताले जानकारी गराए ।
हाल अस्पताल मा दैनिक ५ सय ओपिडी चेकजाँच भैरहेकोले बेड संख्या बढाउनुपर्ने बताए । अस्पतालको संरचनाले थेग्ने हरेक सेवा उपलब्ध गराईरहेको तर अब भौतिक संरचना अत्यन्तै आवस्यक भएको बताएका छन ।

मधेसी स्वास्थकर्मी फोरम नेपाल मधेस प्रदेश समिती जनकपुरधामको समन्वयमा भएको कार्यक्रममा कलैया अस्पताल बिकास समिति बाराले सहयोग गरेको थियो ।

मधेसी स्वास्थ्य कर्मी फोरम नेपाल कलैया अस्पताल एकाई समिति अध्यक्ष शेख फुलमहमदको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा जसपा प्रदेश अध्यक्ष बालेस्वर यादव,राजनितीक समिती सदस्य रामकिशोर यादव,पुर्व सान्सद रामबाबु यादव,जसपा राजनीतिक समिती सदस्य उमरावती यादव,केन्द्रिय सदस्य ,प्रदेश सान्सद बच्चा यादव,पुर्व अर्थ राज्य मन्त्री उषा यादव,पुर्व प्रदेस सान्सद पारस साह,केन्द्रिय सदस्य शिला साह,वडा अध्यक्ष रामबिश्वास ठाकुर,रन्जित चौरसिया,
कार्यक्रममा कलैया अस्पताल का अध्यक्ष प्रकाश चौगाईले अस्पताल लाई आवस्यक कुराको बारेमा जानकारी गराएका थिए ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल मधेस प्रदेश अध्यक्ष शिवशंकर यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन जसपाका जिल्ला सचिव मुर्तुजा अन्सारीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार