
महोत्तरी मा सर्प को डसाइबाट एक महिला को मृत्यु भएको छ ।
जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट २४ वर्षीया विभादेवी सहनी को मृत्यु भएको प्रहरी नायब उपरीक्षक(डिएसपी ) प्रकाश विष्टले जानकारी दिएका छन् ।
सहनी को उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।