कलैया ।सप्तरीमा बसले ठक्कर दिदा एम्बुलेन्स चालक को मृत्यु भएको छ । मृत्यु हुने मा सिरहा जिल्लाको सुखिपुर निवासी ४५ वर्षीय छेदीलाल कामत रहेको जिल्ला प्रहरी कार्यालय सिरहा ले जनाएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिर नजिकै दुर्घटना हुँदा चालक को मृत्यु भएको हो । ना ६ ख ७८९२ नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको सिरल औषधी व्यावसायको स १ च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।मृतककाे शव पोष्ट मार्टमका लागि गङ्गा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहानमा लगिएको छ । यता प्रहरी ले बसलाई नियन्त्रणमा लिएको छ भने बस चालक फरार छन् ।