साजिर मन्सूर
कलैया,चैत्र १७

“नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत उदयमान मुद्दाहरु अनुसार विभिन्न सरोकारवालाहरु सङ्ग जिल्ला स्तरिय बहस सम्पन्न भएको छ । कलैया स्थित दास गेस्ट हाउसको सभाहलमा बहस सम्पन्न भएको हो ।
आयोजक संस्थाका अध्यक्ष किसमती रामले सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्नु रहेको बताएकी छन । अध्यक्ष रामले दलित महिला संघ बाराले जिल्लाको हरेक दलित समुदायलाई उकास्ने कार्य गर्दै आएको र समय समयमा यसका लागि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको समेत बताएकी छ्न ।
संचालित परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको रामले सो अवसरमा जानकारी गराएकी थिइन।
केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न जिल्ला स्तरिय बहसको आयोजना दलित महिला संघ बाराले गरेको कार्यक्रम ब्यवस्थापक जयप्रकाश रामले जनाए ।

बहसमा बर्तमान बिधमान जातिय तथा अन्य समाजिक छुवाछुत तथा भेदभावको अवस्था एवम कानुनी ब्यवस्थाको बारेमा बहस गरिएको थियो ।

महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले दलित समुदायले आफै भित्र छुवाछूत गर्ने गरेको देखेर अचम्मित भएको बताईन । आफुले केवल अधिकार खोज्ने गरेको तर कर्तब्य बिर्सने काम गरेको बताईन । मानसिकताबाट नै आफू दलित भएको कुरा त्याग्न सके मात्र परिवर्तन भएको महसुस गर्न सकिने बताईन । दलित समुदायलाई चुनावमा टिकट समेत नदिने गर्नु गलत भएको र यसका लागि सबै अगाडी आउनुपर्ने बताईन । हिजोको दिनमा तिर्पाल मा बस्न पनि डराउने महिलाहरु आज कलैयाको कुर्सिमा आएर बसेर आफ्नो कुरा राखेको देख्दा यो नै परिवर्तन हो भनेर भनिन । अहिले पुरुष हिन्सा पनि बढ्दै गएको प्रती चिन्ता व्यक्त गरिन । पहिला सासुले बुहारि माथी शासन गर्ने चलन थियो तर अहिले बुहारिले शासुमाथी हिंसा गर्दै गरेको तितो सत्य बारे उजागर गरिन ।

नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साहले कानुनले बलियो बनाएकोले सो अनुसार आफ्नो अधिकार लिन सबैलाई अगाडी आउन बताए । राणा शासन कालमा समेत छुवाछूत हटाउने ब्यवस्था गरेको बताउदै अहिलेको समयमा पनि आज सम्म छुवाछूत हुनु दुर्भाग्यपूर्ण भएको बताए । अहिलेको समयमा संस्थागत हिसाबले विभिन्न संस्था अगाडी बढिरहेको अवस्थामा आफ्नो अधिकार लिन अगाडि आउनुपर्ने बताए ।

ब्लु हेभेन नेपाल बाराको कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठले हामिले आफैबाट परिवर्तन नभए सम्म समाजको कुरिती मेटाउन नसकिने बताईन । मेरो आमा दलित बिश्वकर्मा र बुवा श्रेष्ठ नेवार भएकोले मेरो आमालाई सबैले यातना दिने गरेको तितो अनुभव पोख्दै सबैले आफ्नो अधिकारका लागि अगाडि आउन सक्नुपर्ने बताईन । सम्मान र समता पुर्वक सबै जातजातिले देशमा शिर ढाडो पारेर हिड्ने किसिमको कानुन बनाउन माग गरिन । समाजमा अन्य जातजाति भएपनी केवल दलित महिलालाई बोक्सी आरोप लगाएर मल्मुत्र किन खुवाईन्छ भनेर प्रश्न गरिन ।

प्रसौनी गाउपालिका वडा नम्बर ७ कि मिना देबि रामले मन्दीर मठमा समेत विभेद गरेको दुख पोखिन । आफुलाई ठूलो जात भन्नेहरु घरको काम गराउन हामी दलित सङ्ग सबै काम गराउने गरेको तर घरको देवता कोठामा जान नदिने गरेको बताईन ।

आयोजक संस्थाको अध्यक्ष किशमती रामको अध्यक्षता एवम जिल्ला प्रशासन कार्यालय बाराको प्रशासकिय अधिकृत जय चन्द्र साहको प्रमुख आतिथ्यमा भएको बहसमा कलैया उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष महमद साबिर,वडा नम्बर २५ को अध्यक्ष चन्दन पटेल सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
रघुबिर रामले सन्चालन गरेको कार्यक्रममा स्वागत आयोजक संस्थाको कोषाध्यक्ष दुलारी रामले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर