साजिर मन्सूर
कलैया,बैशाख ६

नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अबसरमा प्रादेशिक अस्पताल कलैयाका बिरामीहरुलाई फलफूल बितरण गरिएको छ । नेविसंघ बारा द्वारा अस्पतालका ४० जना बिरामीलाई फलफूल बितरण गरिएको बारा सभापति प्रबिण पटेलले बताए ।

स्थापना दिवशको अबसर पारेर जिल्लाभर रचनात्मक क्रियाकलाप गर्दै आएको नेविसंघले बिरामीलाई पनि सहयोग गरेको हो । उक्त अबसरमा प्रमुख अतिथि रौनियारले नेविसंघको स्थापना र महत्वबारे प्रकाश पारेका थिए । रौनियारले देशको हरेक परिवर्तनमा नेबि संघले नेतृत्वदायी भुमिका खेल्दै आएको बताउदै रास्ट्र र रास्ट्रीयताको सवालमा अहिले पनि नेबि संघ आफ्नो छाती थापेर अगाडी उभिने बताएका छन । बारा जिल्लाका हरेक नागरिक जसलाई कुनै पनि प्रकारले दबाउन वा थिच्न खोजिएको छ ती जनताको छोरा बनेर नेबि संघले हकको लडाई लड्ने रौनियारले बताएका छन । केवल विभिन्न दल र संघसंगठन खोलेर आफुलाई स्वार्थमा लिप्त गरेका स्वार्थीहरुले जनताको दुख र पिडालाई बास्ता नगरेकोले अब नेबि संघ बेसहाराको सहारा बन्ने बताएका छन । आम नेपाली जनताको मनोकामना का रुपमा नेबि संघ को स्थापना भएकोले सबैको चाहना अनुरुप काम गर्ने बताए ।
नेपाली काङ्ग्रेस बाराका सचिव तथा नेबि संघका पुर्व केन्द्रिय सह महामन्त्री राजेश रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेस बाराका नेता फुलमहमद मन्सूर,राजेश सिंह,राकेश पाण्डे,आजाद अन्सारी सहित नेविसंघको जिल्ला र क्याम्पस स्तरका नेताहरु उपस्थित थिए ।
नेबि संघका केन्द्रिय सदस्य हरिओम साहले कार्यक्रमको संचालन तथा स्वागत गरेका थिए ।
२०२७ सालमा बिपिन कोइराला नेविसंघको संस्थापक अध्यक्ष भएका थिए । कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराइले पहिलो सभापति घोषणा गरेको दिनलाई नेविसंघले स्थापना दिबशको रुपमा मनाउँदै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर