वीरगंज- जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका फरार ९ जना प्रतिबदिलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाराबाट फैसला भए पश्चात फरार रहेका उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
सरकारी कागजात किर्ते गरेको मुद्दामा अदालतबाट ५० रुपैया जरिवाना भएपछी फरार रहेका कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराहिका ७० बर्षीय बंगाली मियाँ धोबी , छुवाछुत मुद्दामा एक बर्ष कैद र ५ सय रुपैया जरिवाना भएपछी फरार रहेका त्यही ठाउँका ४० बर्षीय गजेन्द्र साह तेली , कर्तब्य ज्यान मुद्दामा २ सय जरिवाना भएपछी फरार रहेका सुवर्ण गाउँपालिका वडा नम्बर ५ बस्ने ५० बर्षीय रामबाबु प्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले पक्राउ छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खरिएको प्रहरीको टोलीले लुटपाट मुद्दामा २५ हजार जरिवाना भएपछि फरार रहेका जितपु सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ८५ बर्षीय दिनानथ उपाध्याय , ईल्ला प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीको टोलीले कृते मुद्दामा २ लाख ५० हाजर जिरिवाना भएपछि फरार बारागढी गाउँपालिका वडा नम्बर ६ बस्ने ६० बर्षीय पन्वा देवी अहिरिनिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीको टोलीले अवहेलना मुद्दामा २ हजार जरिवाना भएपछी फरार बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षीय प्रमोद साह कानु , प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीको टोलीले अपहरण शरीर बन्धक मुद्दामा ६ महिना कैद सजाय पाई फरार रहेका सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ कटहरिया बस्ने ५० बर्षीय वृजकिशोर महतो कहारलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरी चौकी देवतालबाट गएको प्रहरीको टोलीले ठगी मुद्दामा १ लाख ३८ हजार ७ सय ५० रुपैया जरिवाना पश्चात फरार देवताल गाउँपालिका वडा नम्बर ४ बस्ने ४५ बर्षीय राजकिशोर सिंह , अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटेको प्रहरीको टोलीले विगो देवानी मुद्दामा फरार रेहका कलैया उपमहानगरपालिका नगरपालिका वडा नम्बर १ बस्ने सेवक महतो धानुकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई फैसला कार्यन्वयनको लागी जिल्ला अदालतमा बारामा शुक्रबार बुझाईएको र जिल्ला अदालतको आदेश अनुसार कारवाही अगाडी बढाईएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।







