बीरगञ्‍ज ।लागुऔषधसहित बीरगञ्‍जबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ८ गहवाका २३ वर्षीय राहुल शाह रहेका छन् ।

प्रहरी ले उनलाई वीरगञ्‍ज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाँउको पूर्वपट्टि खेतको बाटो बाट ४५० एम्पुल लागु औषध ईन्जेक्सन बरामद गरेको हो ।

उनको तरकारीको झोलाबाट लागु औषध नुर्फिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनारगन १५० गरी जम्मा ४५० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले जानकारी दिएका छन् ।

पक्राउ परेका शाह माथि लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रब्क्ता खनाल ले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर